coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गढीमाई अब प्लास्टिकमुक्त नगरपालिका

रौतहट – रौतहटको गढीमाई नगरपालिकालाई वातावरणमैत्री बनाउने घोषणा गरिएको छ। बुधबार प्रथम नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख श्यामप्रसाद यादवले प्लास्टिक मुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गर्दै घरको नक्सा पास गर्दा अनिवार्य रुपले दुईटा रुख रोप्नुपर्ने स्थान छुट्याएर रुख रोप्नुपर्ने नीति लिएको जानकारी गराए।

पौराणिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण नगरपालिका रहेकोले सबै किसिमको पर्यटकीय सम्भावना बोकेको हुँदा पर्यटकीय क्षेत्रको विकास गर्न जोड दिँदै नगर प्रमुख यादवले हरेक वडालाई फ्रि वाइफाइ, कक्षा एक देखि पाँच सम्म मातृभाषा बज्जिकामा पढाइको व्यवस्था गर्ने तथा सडकमा सौर्यबत्ती जडान गर्ने महत्वाकांक्षी योजना प्रस्तुत गर्दै ३३ करोड भन्दा बढीको बजेट पेश गरेका छन्।

कार्यक्रममा नवनिर्वाचित साँसद देवप्रसाद तिमल्सिनाले नगरको विकासलाई सीमान्तकृत नागरिकको जीवनस्तर उकास्नेतर्फ केन्द्रित गर्न सुझाव दिएका छन् भने प्रदेश सभाका साँसद महम्मद अबुल कलाम आजादले आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रथम नगरसभामा बज्जिका तथा नेपाली भाषाका साहित्यकार सञ्जय  मित्रलाई नगरको तर्फबाट दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरिएको छ। नगरको ऐतिहासिक, पौराणिक र साँस्कृतिक पक्षको बारेमा साहित्यकार मित्रले प्रकाश पार्दै आएका छन्।

प्रकाशित: १० माघ २०७४ १५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App