coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वायु प्रदूषण गर्नेमा नेपाल विश्वकै पाँचौं खराब देश

धुलाम्मे काठमाडाैं । फाइल तस्बिर: नागरिक

काठमाडौं – नेपाल विश्वका १ सय ८० मुलुकमध्ये सबैभन्दा बढी वायु प्रदूषण भएको मुलकको पाँचौं स्थानमा परेको छ।

स्वीटजरल्याण्डको डावोसमा आयोजित द इकोनोमिक वर्ल्ड फोरममा मंगलबार वातावरणीय स्वच्छताको सूचकांक (इन्भारोमेन्ट पर्फमेन्स इन्डेक्स–इपीआई) ले सार्वजनिक गरेको १ सय ८० राष्ट्रको वातावरणीय अवस्थाको वरियतामा नेपाल १ सय ७६ मा पर्दै विश्वकै पाँचौं खराब देश बनेको हो।

अध्ययन अनुसार नेपालभन्दा बढी वायु प्रदूषण हुने देशमा भारत, बंगलादेश, बुरुण्डी र कंगो छन्। तीव्र आर्थिक विकास गरिरहेको चीन १२० औं स्थानमा रहँदै ६०औं खराब देशमा सूचीकृत भएको छ।

इपीआईले नेपाल सरकार वायु प्रदूषण नियन्त्रण गर्न असफल भएको देखाएको छ। कमजोर सरकारका कारण नेपालले प्रदूषण नियन्त्रण गर्न नसकेको अध्ययनमा उल्लेख छ। पछिल्लो समयमा मेलम्ची खानेपानीको पाइपलाइन विस्तारले जताततै सडक खन्दा उपत्यका र मुलुकका मुख्य सहरहरुमा सडक विस्तारले प्रायः सडक धुलाम्मे भइरहेका छन्। 

अध्ययन अनुसार नेपालभन्दा बढी वायु प्रदूषण हुने देशमा भारत, बंगलादेश, बुरुण्डी र कंगो छन्। तीव्र आर्थिक विकास गरिरहेको चीन १२० औं स्थानमा रहँदै ६०औं खराब देशमा सूचीकृत भएको छ।

इपीआई अध्ययनका अनुसार वायु प्रदुषण कम हुने देशको वरियतामा स्वीटजरल्याण्ड पहिलो स्थानमा छ। त्यसपछि फ्रान्स, माल्टा र स्वीडेन छन्।

 

प्रकाशित: १० माघ २०७४ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App