coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेसँगै कारोबार पनि घट्यो

काठमाडौं- सेयर बजार मापक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। साताभर उतारचढावमा रहेको सेयर बजार बिहीबार करिब ५ बिन्दुले घटेको छ। यस दिन कारोबार रकममा पनि उच्च गिरावट आएको छ।

होटल र जलविद्युतबाहेक सबै समूह ओरालो लागेपछि परिसूचकमा गिरावट आएको हो। बिहीबार नेपाल बैंकको सबैभन्दा उच्च कारोबार भएको छ। बैंकले गत आर्थिक वर्षमा तीन अर्बभन्दा बढी रकम खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको थियो।

बिहीबार नेप्से ४.७० अंकले झरेर १७७४.८७ मा पुगेको छ। यस दिन १ सय ४७ कम्पनीको एक अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम धेरैले कम हो।

बिहीबार अधिकांश समूह ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको हो। बिमा समूहको परिसूचक सबैभन्दा बढी ६२.३९ बिन्दुले ओरालो लागेको छ। जलविद्युत १३, उत्पादन ६.२८ र वाणिज्य बैंक समूहको ४.५५ बिन्दुले ओरालो लागेको नेप्सेले जनाएको छ।

त्यसैगरी फाइनान्स समूहको परिसूचक १.४८ र अन्यको १.१५ बिन्दुले ओरालो लागेको छ। यता होटल समूहको १३.२५ र विकास बैंक समूह ३.१९ अंकले बढेको छ।

बिहीबार नेपाल बैंकको सबैभन्दा धेरै १३ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बैंकले बिहीबार मात्र गत आर्थिक वर्षमा तीन अर्बभन्दा बढी नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको थियो। बैंकको सेयर मूल्य दुई प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ६२ रुपैयाँ पुगेको छ।

यसपछि एनबी बैंकको सात करोडभन्दा बढीको कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको संस्थापक सेयर, टुरिजम डेभलपमेन्ट बैंक र जनता बैंकले पनि पाँच करोड बढीको कारोबार गरेका छन्।

अन्तिम दिनको कारोबारमा एभरेस्ट बैंकका कन्भर्टिबल प्रिफरेन्स सेयरधनीले सबैभन्दा धेरै कमाएको छन्। जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। एनआइडिसी क्यापिटल, हाम्रो विकास बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक लगायतका कम्पनी धेरै कमाउनेमा परेका छन्।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै गुमाएको बजारमा फर्स्ट माइक्रो, लतिलपुर, युनाइटेड फाइनान्स लगायतकाले पनि गुमाए।

प्रकाशित: २८ श्रावण २०७३ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App