coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

छुट्टाछुटै घटनामा दुईको मृत्यु

उर्लाबारी – मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा २ वटा मोटरसाइकल एक आपसमा ठोकिदाँ बुधबार एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका–२ का ५० वर्षीय भिमबहादुर कार्की रहेका छन्। को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा को २ प ७९ नम्बरको मोटरसाइकल चालक कार्कीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिए। 

अर्का मोटरसाइकल चालक सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय सुजन थापा र पछाडि सवार १९ वर्षीय शिव सिंहको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको उनले जानकारी दिए। 

यसैगरी चार दिनदेखि बेपत्ता सुन्दरहैचा–१ की ७५ वर्षीया बेदमाया भुजेल बुधबार बिहान सोही वडामा रहेको पैनीमा डुबेको अवस्थामा मृत भेटिएकी छिन् । भुजेलको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ। (रासस)

प्रकाशित: १० माघ २०७४ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App