coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनप्रतिनिधीको भ्रमण प्रति स्थानीय आक्रोशित

भम्रणमा निस्केको गोठिचौर गाउँपालिकोको जनप्रतिनिधी र कर्मचारीको टोली

जुम्ला – जुम्लाको गुठिचौर गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीको टोली भारत भ्रमणमा गएपछि स्थानीय आक्रोशित बनेका छन । उनीहरुले जनताको रकममा मस्ती नगर्न जनप्रतिनिधीलाई सुझाव दिएका हुन। 

गाउँगाउँमा सिंहदवार भनेर जनतालाई सुनाउदै आएपनि गाउँका सिंहदरवार जनप्रतिनिधी र कर्मचारीको मस्ती गर्ने थलो बन्दै गईरहेको आरोप उनीहरुको छ । संघियताको अवलोकन अध्यायनका लागि भन्दै गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी सहितको २७ जनाको टोली भारत भ्रमणमा निस्केपछि गाउँपालिका भरी असन्तुष्टी बढेको छ।  

गाउँपालिकाको साढे ११ लाख रुपैया लिएर जम्बो टोली भ्रमणमा निस्केको छ । सरकारी पैसाको दुरुपयोग गरेर भारतको सिक्किम र दार्जिलिङसम्म भ्रमणमा गएको भन्दै यो अहिलेको आवश्यकता नभएको स्थानीय ईश्वरीप्रसाद देवकोटाकाे भनाइ छ। उनले भने, “गाउँपालिकावासीको घरमा राम्रो चर्पि र खानेपानीको प्रवन्ध छैन, जनप्रतिनिधीई भ्रमण।”    

सिक्कीम र दार्जिलिङको बिकास निमार्णलाई अबलोकन गर्न भन्दै अध्यक्ष भण्डारी,उपप्रमुख जानदेवी ऐडि, गाउँपालिकाका कार्यकारी अधिकृत केशवराज शर्मा सहित ४  वडाध्यक्ष, वडा सचिव र प्रत्येक वडाबाट २ जना निर्वाचित वडासदस्य भम्रण टोलीमा सहभागी छन।  
 
संघियता भ्रमण अध्ययनका नाउमा गाउँपलिकाका जिम्मेवार पदमा रहेका जनप्रतिनिधी तथा कर्मचारी स्थानीय तहको रकम लिएर घुम्न जानु जनताको करवाट संकलित रकम माथिको दुरुपयोग भएको स्थानीय बताउछन।   
 
संघियताको अवलोकन अध्ययन भ्रमणका लागि नेपालको लुम्बिनी, इलाम, काठमाण्डौँ हुँदै भारतको सिक्कीम र दार्जिलिङसम्मको लागि १० दिनको समय छुट्याएर टोली भ्रमणमा निस्केको हो। संघियताकाे अवलोकन अध्ययन भ्रमण गाउँपालिकाबाट पास भएको वडाध्यक्ष जग्ग प्रसाद जैशीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष सहितको टोली सिक्किम र दार्जिलिङमा एकसातासम्म घुम्नेछ, उनले भने, “भम्रणमा देखे सिकेको कुरा गाउँपालिकामा आएर कार्यन्वयन गर्नेछौ।” 

गाउँपालिकाको सारा बिकासका काम छोडेर भ्रमण गराउनु र गाउँपालिकाको रकम दुरुपयोग गर्नुले हाल गुठिचौर गाउँपालिकाका जनप्रतिनिधी माथिनै शंका उत्पन्न हुन थालेको छ ।  सिक्कीम र दार्जिलिङको विकास हेरेर त्यहाँ भएका राम्रो कुरालाई आफ्नो ठाउँमा आएर कार्यान्वयन गर्नको लागि भ्रमणमा गएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । संघियताको कार्यन्वयनको पहिलो चरणमै गरिएको यो भ्रमणले खासै अर्थ नराख्ने जानकारहरु बताउछन । अहिले गाउँपालिकामा विकासका लागि प्रायाप्त वजेट पनि छैन, काम गर्ने सिजन पनि यहि भएकोले चिसो छल्नको लागि भ्रमणको कार्यक्रम राखिएको हुन सक्ने स्थानीयले वताएका छन । भ्रमणमा जानु भन्दा स्थानीयको साना तिना आवश्यकताको परिपुर्ति गर्न लागेमा वेस हुने देखिएको छ। 

यसअघि कनकासुन्दरी गाउँपालिकाको जनप्रतिनिधी टोली ८ लाख रुपैयाँ खर्चेर भ्रमणमा गएको थियो । जुम्लाका सात वटा गाउँपालिका र एक नगरपालिकाले बार्षिक योजना तथा कार्यक्रममा भ्रमण राखेका छन। 

 

 

प्रकाशित: १० माघ २०७४ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App