७ वैशाख २०८१ शुक्रबार
समाज

महिला सशक्तिकरणका लागि सगरमाथा आरोहण

मनास्लु अाराेहणका क्रममा दिक्की

काठमाडौं–‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मुलनाराको साथ दिकी शेर्पाले सगरमाथा आरोहण गर्ने भएकी छिन्।

महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने संस्कारलाई बदाल्दै नारीे पनि पुरुष सरह क्षमता देखाउन आउँदो सिजनमा शेर्पाले सगरमाथा आरोहण गर्न लागेकी हुन्।

पुरुषप्रधान सोचलाई परिवर्तन गर्दै महिला सशक्तिकरण अभियानको साथ सगरमाथा आरोहण गर्न लागेकी हुँ,  शेर्पाले भनिन्, मेरो आरोहणले पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धिका रेखाहरू कोर्नका साथै लैंगिक समानता सहितको समावेशी राज्य व्यवस्था निर्माणमा भूमिका खेल्नेछ। 

पर्यटन र साहसिक पर्यटनको क्षेत्रमा महिलाहरूको सहभागिता बढाउँदै आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा आम महिलाहरूलाई अघि बढाउन प्रेरित गर्ने हेतुले आरोहण गर्न लागेको शेर्पाले जानकारी दिइन्।

ओखलढुंगा घर भएकी शेर्पा २०४९ सालमा संखुवासभामा जन्मिएर २०७० सालदेखि पर्यटन पथ प्रदर्शकको रुपमा पर्यटन क्षेत्रमा क्रियाशिल छिन् । पर्वतीय प्रशिक्षण प्रतिष्ठान तथा नाथुम कलेजबाट गाइड तालिम हासिल गरेकी दिकीले पर्वतारोहण सम्बन्धि आधारभूत तथा एड्भान्स तालिम पनि लिएकी छिन् । शेर्पाले पहिलो पटक सन् २०१७ मा ६ हजार ४ सय मिटर भन्दाअग्लो मेरा पिक र ५ हजार ९ सय २५ मिटर अग्लो राम्दुङ पिकको समेत सफलता आरोहण गरेकी छिन् । त्यसैगरी २०१७ मा संसारको आठौं अग्लो हिमाल मनास्लु समेत सफल आरोहण गरिसकेकी शेर्पा सन् २०१८ मार्चमा सगरमाथा आरोहण अभियानमा छिन् । 

प्रकाशित: १० माघ २०७४ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App