४ वैशाख २०८१ मंगलबार
खेल

केभिन थप ५ वर्ष सिटीमा

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी बु्रयनाले सोमबार क्लबसँगको सम्झौता पाँच वर्ष लम्ब्याएका छन्।

नयाँ सम्झौतापछि डी बु्रयना सन् २०२२ जुन ३० सम्म सिटीमा बस्नेछन् । बेल्जियमका मिडफिल्डर डी बु्रयना सन् २०१५ मा बुन्डेसलिगा टोली उल्फसबर्गबाट सिटीमा आबद्ध भएका थिए।

जारी सिजन क्लबले इङ्लिस फुटबल इतिहासमा लगातार १८ खेल जित्दै राखेको लगातार सर्वाधिक खेल जित्ने कीर्तिमान रच्दा उनको प्रदर्शन प्रेरणादायी बन्दै आएको छ।

जारी सिजन २४ खेलको समाप्तिमा ६५ अंक जोडेको सिटी प्रिमियर लिगको शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १२ अंक बढी हो।

‘हामीले खेल जितेका मात्र छैनाै । हामीले राम्रो फुटबल खेलिरहेका छौं,’ डी बु्रयनाले भने , ‘क्लबको सफलताको एक महत्वपूर्ण सदस्य बन्न पाउँदा म धेरै उत्साही छु । आशा छ क्लबले थप सफलता चुम्नेछ।’

 

प्रकाशित: १० माघ २०७४ ०५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App