८ वैशाख २०८१ शनिबार
समाज

आहा कति राम्रो हिउँ (फोटो फिचर)

काठमाडौँ – काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा हुँदा हिमाली जिल्लामा भने हिमपात भएको छ।

हुम्ला, जुम्ला, रसुवा लगायतका हिमाली जिल्लामा बुधबार बिहानैदेखि हिमपात भइरहेको छ । हिमपातसँगै त्यहाँको जनजीवन केही कष्टकर बनेको छ । केहीदिनयता मौसममा भएको फेरबदलसँगै बुधबार विहानैदेखि राजधानीलगायत वरपरका जिल्लाहरू वर्षा भएको हो भने हिमाली जिल्लामा हिमपात भएको हो।

विगतका वर्षहरूमा पुसदेखि नै हिमपात सुरु भएपनि यो वर्ष केही ढिलो हिउँ परेको हो । हिमपातले दैनिक जीवन केही कष्टकर बनेपनि कृषक भने बाली सप्रिने आसमा खुसी छन्।

मौसम विभागका अनुसार पश्चिमी वायु उच्च गतिमा बहिरहेका कारण हिमपात भएको हो भने भोलीदेखि मौसम सफा हुनेछ।

तस्बिर ः जनकबहादुर शाही, रमेश खतिवडा, डिबी बुढा
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App