८ वैशाख २०८१ शनिबार
समाज

ट्रयाक्टर दुर्घटनामा एकै टोलको चारजनाको मृत्यु

तस्वीर : महेशकुमार दास /नागरिक

महोत्तरी –ट्रयाक्टर दुर्घटनामा एउटै टोलको चार जनाको मृत्यु भएपछि अहिले महोत्तरीको रामगोपालपुर नगरपालिका ७ सहसौला टोल शोकमग्न बनेको छ ।

सिन्धुलीको हत्तपत्तेस्थित लंगुरखोला महादेवको मेला भरेर फर्किदै गरेको ज.१त. ३५१६ नम्बर ट्रयाक्टर पल्टिएर दुर्घटना हुँदा एउटै टोलका चारजनाको मृत्यु भएपछि रामगोपालपुर नगरपालिका ७ सहसौला टोल नै अहिले शोकमग्न बन्न पुगेको छ ।

मेला भर्न गएका आफन्तहरू घर फर्किने प्रतिक्षामा रहेकालाई उनीहरू घर नपुग्दै उनीहरूको मृत्युको खवर परिवारजनसम्म आइपुग्दा अहिले सहशौला टोल नै शोकमग्न बन्न पुगेको छ । मृतक परिवारमा अहिले रुवावासी चलेको छ भने छरछिमेक सबै घटनाको खवर सुनेर स्तब्ध छन् ।दुर्घटनामा परी रामगोपालपुर नगरपालिका ७ सहसौलाका ४० वर्षीय ट्रयाक्टर धनी सत्येन्द्र साह, १८ वर्षीय लालबाबु मण्डल, ४५ वर्षीया सावित्रीदेवी मण्डल र माल्तीदेवी दाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश मल्लले बताए ।

सत्येन्द्र र लालबाबुको घटनास्थलमै र सावित्रि र माल्तीको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रयाक्टर चालकले अत्याधिक मदिरा सेवन गरेको र बाक्लो हुस्सुको कारण वाटो देख्न नसकी रामगोपालपुर ८ स्थित सोमबार राति ९ वजे थलही सडक खण्डमा सडक भन्दा १५ फिट तल खसेर दुर्घटना ग्रस्त भएको थियो ।

ट्रयाक्टर सडकभन्दा तल बजारिएपछि ट्रेलरमा सवार अधिकांश यात्रु किचिन पुगेका थिए । ट्रयाक्टरमा करिब ३० जना भन्दा बढी सवार रहेको र दुर्घटनामा परी घाइते भएका मध्ये ८ जनाको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइते सामान्य उपचारपछि घर फर्किेसकेको प्रहरीले जनाएको छ । रामगोपालपुर ७ सहशौलाकै नैन कुमारी मण्डल, सियादेवी, ववितादेवी, दशरथ साह, राजोदेवीसहित ८ जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात चालक फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ
दुर्घटनामा मृत्यु भएको अधिकांश परिवार गरिब रहेका छन् । सस्तो भाडादर र टोलको सबैजना ट्रयाक्टर चढेर नै गइरहेको लहलहैमा लागेर जाँदा दुर्घटनाको सिकार बन्नुपरेको स्थानीयले बताए ।
 

प्रकाशित: १० माघ २०७४ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App