७ वैशाख २०८१ शुक्रबार
खेल

आर्मी र पुलिस सेमिफाइनलमा

चितवन- दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब नारायणगढमा जारी नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। बिहीबार क्वार्टरफाइनल खेल जित्दै आर्मी र पुलिस अन्तिम ८ मा पुगेका हुन्। पहिलो खेलमा पुलिसले चितवनको एभरेस्ट क्लबलाई ३–० ले पराजित गर्दा आर्मीले पनि वीरगन्ज युथ एकेडेमीमाथि ३–० कै नतिजा निकालेको थियो।

आर्मीले सेमिफाइनलमा साउन २९ मा न्युरोड टिम (एनआरटी) सँग खेल्नेछ। पुलिसले भने सेमिफाइनलप्रतिद्वन्द्वी पाइसकेको छैन। शुक्रबार हुने अन्तिम क्वार्टरफाइनल विजेतासँग पुलिसको भेट हुनेछ।

शुक्रबार सशस्त्र प्रहरीको एपिएफ क्लबले काठमाडौंको ब्वाइज युनियन क्लबसँग खेल्नेछ।

बिहीबार घरेलु टोली एभरेस्टलाई हराउने क्रममा पुलिसका सुमन लामा नायक बने। म्यान अफ दी म्याच उनले खेलमादुई गोल गरे। जुमानु राईको कप्तानीमा रहेको पुलिसबाट सुमनले पहिलो हाफको २९ औं र दोस्रो हाफको ३६ औं मिनेटमा गोल गरेका थिए। दोस्रो हाफको १९ औं मिनेटमा पुलिसका लागि रवि पासवानले एक गोल थपे। पहिलो हाफमा पुलिसलाई चुनौती दिएको एभरेस्ट दोस्रो हाफमा कमजोर देखियो।

म्यान अफ दी म्याच सुमनलाई प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्दले ट्रफी प्रदान गरे।

त्यस्तैआर्मीले वीरगन्जविरुद्ध सहज जित निकाल्यो। पहिलो हाफमा कडा टक्कर दिएपनि वीरगन्जले दोस्रो हाफमा खेल देखाउन सकेन। पहिलो हाफ गोल गर्न नसकेको आर्मीले तीनै गोल दोस्रो हाफमा गरेको हो। मध्यान्तरपछि पाँचौं मिनेटमा आर्मीका कप्तान भरत खवासलेस्टार स्ट्राइकर नवयुग श्रेष्ठको पासमा गोल गरेका थिए।  त्यसको चार मिनेटपछि नै आर्मीका दीपक गुरुङले गोल थप्दै आर्मीको अग्रता दोब्बर पारे। वीरगन्जविरुद्ध पूरै हाबी भएको आर्मीबाटतेस्रो गोल दीप लामाले ३२ औं मिनेटमा गरेका थिए। खेलमा म्यान अफ दी म्याच आर्मीका भरत खवास भए। उनलाई दी फेमस दल गण भरतपुरका गणपति सुरेन्द्र सापकोटाले ट्रफी प्रदान गरे।

प्रकाशित: २८ श्रावण २०७३ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App