६ वैशाख २०८१ बिहीबार
समाज

सोलुखुम्बुका ५४६ जनामा ईन्फ्लुजा ए भाइरस देखियो

सोलुखुम्बु – सोलुखुम्बुमा ईन्फ्लुजा ए भाईरस देखिएको छ। जिल्लाको विकट क्षेत्र मानिने महाकुलुङ गाउँपालिकाको पेल्माङका ५ सय ४६ जना स्थानीयमा ईन्फ्लुजा ए भाईरस देखिएको हो।

२ हप्ता यता पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीमा एक्कासी जरो आउने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता स्वास्थ्य समस्या देखिएको थियो। पुस मसान्ततिर विद्यार्थीमा देखिएको स्वास्थ्य समस्या स्थानीयमा समेत फैलिएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौले र्याल जाँचको लागि काठमाडौ लगेको थियो।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परिक्षणपछि मौसमी रुघाखोकी अन्तर्गत सोलुखुम्बु पेल्माङका स्थानीयमा ईन्फ्लुजा ए भाईरस देखिएको छ। यसअघि ईन्फ्लुजा ए भाईरस बाजुरा र जाजरकोटमा समेत मौसमी रुघाखोकीका विरामीहरुमा देखिएको थियो। सोलुखुम्बुबाट लगिएको १६ जनाको नमुना र्याल जाँचबाट मौसमी रुघाखोकी अन्तर्गत ईन्फ्लुजा ए भाईरस देखा परेको जानकारी प्राप्त भएको महाकुलुङ गाउँपालिकाको स्वास्थ्य संयोजक जसकरणप्रसाद देवले जानकारी दिए।  

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिरामीलाई स्टार फ्लुको औषधि पठाएको र सोही औषधि सवै बिरामीहरुलाई १० दिनसम्म दिइने महाकुलुङ गाउँपालिकाको स्वास्थ्य सहसंयोजक हरिप्रसाद आचार्यले बताए। अध्ययनरत सबै विद्यार्थीमा एकैपटक स्वास्थ्य समस्या देखिएपछि विद्यालयमा स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको थियो। अझै पनि बिरामीहरु आउनेक्रम भने नरोकिएको विद्यालयका प्रधानाध्यापक टंक दाहालले बताए। प्रअ दाहाललका अनुसार विद्यालय अझै ३ दिन बन्द गरिने छ।  

मंगलबार पनि अभिभावक र साना बच्चा सहित १२ जना ईन्फ्लुजा ए भाईरसका बिरामीको उपचार गरिएको छ। हालसम्म ४ सय १८ जना विद्यार्थी, अभिभावक र बालबालीका गरी ५ सय ४६ जनामा यस्तो समस्या देखिइसकेको छ। यो रोग सुँगुरको र्याल तथा मासुबाट सर्ने रोग हो। मौसमी रघाखोकी हिमाली भेगमा जाडो रहुन्जेल र अन्य ठाउँमा गर्मी शुरु होउन्जेल रहिरहने गर्दछ । ईन्फ्लुजा ए भाईरस त्यति खतरनाक भने मानिँदैन।

प्रकाशित: ९ माघ २०७४ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App