८ वैशाख २०८१ शनिबार
अर्थ

वीरगन्ज भन्सारबाट साढे ६० अर्ब राजस्व

वीरगन्ज – वीरगन्ज भन्सार कार्यालयले अनुमानित लक्ष्यलाई पछ्याउदै चालु आर्थिक बर्ष २०७४÷०७५ को आधा अवधी साउनदेखि पुस सम्ममा ६० अर्ब ५० करोड २३ लाख ८७ हजार रुपैया कुल राजस्व उठाएको छ। ६२ अर्ब १२ करोड ५ लाख १६ हजार राजश्व असुलीको लक्ष्य लिएको कार्यालयले लक्ष्यको साढे ९७ प्रतिशत राजस्व उठाउन सकेको हो।

‘लक्ष्यको नजिक पुगेका छौं, लक्ष्य छुन भने सकिएन,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेबन्तक पोखरेलले भने, ‘लक्ष्य भनेको अनुमान गरिएको हुन्छ कहिले यो बढी पुगेको हुन्छ भने कहिले घटी। राजश्व प्रभावित गरेका बिभिन्न कारणहरु पनि छन्।’ सीमावर्ती भारतीय सहर रक्सोलस्थित रेल्वे स्टेशनमा नेपालका लागि आउने पिसमेन्ट उद्योगको कच्चा पदार्थ क्लिंकर आयात भारतीय रेल्वे र स्थानीयविच प्रदुषण सम्बनधी विवादका कारण रक्सोलमा आउन छोडेपछि त्यसको असर नेपाललाई परेको हो। यता उद्योगहरुले कच्चा पदार्थको अभाव जनाउदै सिमेन्टको मुल्य एक सय ५० देखी २० सय रुपैया प्रति बोरा बढाइरहेको बेला यता कच्चा पदार्थ आयात घटेर राजश्वमा असर पुगेको छ।

पोखरेलका अनुसार ३५ करोड रुपैयाभन्दा बढी राजश्व क्लिंकर आयातमा समस्याले गर्दा असर परेको छ। आर्थिक बर्षको सुरुमा उतर भारतका राज्यहरुमा आएको बाढीले रेल यातायात र सडक यातायात करिब एक महिना प्रभावित भएपछि त्यसको असर नेपाली आयात ब्यपार माथी नराम्ररी परको थियो। यता स्थानीय तह निर्वाचन र त्यसपछि प्रतिनिधि सभा तथा प्रदेश सभाको सिनर्वाचनताका पनि ब्यपार कारोबारमा असर परेको भन्सार एजेण्टहरु बताउछन्। वीरगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैधका अनुसार सीमा पारी रक्सोलमा रेल्वे ब्यारियर घण्टौं बन्द रह्नाले र त्यहाँ हुने सडक जामले नेपाली ब्यपारलाई आयात ब्यपारलाई असर पर्ने गरेको छ ।

ब्यापार सुस्त हुने र ब्यापार लागत बढी भएपछि यसलाई वीरगन्ज नाकाको प्रमुख समस्या संघले बताउदै आएको छ। भारतको केन्द्र सरकारले रक्सोल नाकास्थित २ वटा रेल्वे ब्यारियरको अवरोधबाट नेपाल जोड्ने भारतीय राजमार्ग (एनएच२८)लाई मुक्त पार्न त्यहाँ निर्धारित गरेको ओभर ब्रिज निर्माण गर्न बैधकै अगुवाईमा पछिल्लो पटक पहल पनि गरिएको थियो।

गाडी र इन्धनले धानेको वीरगन्ज

भन्सार नाकाको राजश्व असुली मुख्यतः पेट्रोलियम इन्धन र सवारी साधन आयातले सम्हालेको छ। नेपाललाई चाहिने पेट्रोलियम इन्धनको करिब ७० प्रतिशत यसै नाकाबाट आउने भएपछि वीरगन्ज भन्सार नाकाको राजश्वमा यसले उल्लेखनीय योगदान दिने गरेको छ। त्यस्तै यस नाका भएर बिभिन्न किसिमका गाडी पनि नेपाली बजारको माग अनुसार आयात हुने गरेको छ।

भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि पुससम्ममा इन्धन र नयाँ सवारी साधनबाट २९ अर्ब ७४ करोड ३१ लाख रुपैयाभन्दा बढी राजश्व संकलन गरेको छ। यो भनेको उक्त अवधिमा यस भन्सार कार्यालयबाट संकलित कुल राजश्वको लगभग आधा हो । पछिल्लो ६ महिनामा नयाँ सवारी साधन आयातबाट यस भन्सार कार्यालयले एककाइस अर्ब ७९ करोड एक लाख ७० हजार रुपैया राजश्व संकलन गरेको छ। त्यसतै पेट्रोल, हाइस्पिड डिजेल, हवाइ इन्धन, मट्टीतेल र खाना पकाउने ग्यास जस्ताच इन्धन आयातबाट सात अर्ब ९५ करोड १९ लाख ७० हजार रुपैया राजश्व संकलन भएको भन्सार कार्यालयको तथ्यांक छ।

पेट्रोलियम इन्धनहरुमा सबभन्दा बढी डिजेलको आयात बढेको छ। गत आर्थिक बर्षको साउनदेखि पुस सम्ममा यस नाका भएर दुई लाख ८५ हजार १ सय ९ किलो लिटर डिजेल आयात भएको थियो भने यो बर्ष सोह्री अवधीमा पोहोरभन्दा २४ प्रतिशतले बढी तीन लाख ५५ हजार ८ सय ४२ किलो लिटर डिजेल भित्रिएको छ। एक किलोलिटर भनेको हजार लिटर हो । समिक्षा अवधीमा पेट्रोल पोहोर एक लाख ६ हजार ६ सय २ लिटर भित्रिएको थियो भने यो बर्ष १६.७९ प्रतिशत बढी एक लाख २४ हजार ५ सय ४ किलोलिटर आएको छ।

त्यस्तै हवाई इन्धन पोहोरको ७० हजार ४ सय २४ किलोलिटरभन्दा १८.९० प्रतिशतले बढी यो बर्ष ८३ हजार ७ सय ४० किलो लिटर यहाँ भएर आयात भएको छ। आयात हुने अरु मुख्य बस्तुमा भटमासको कच्चा तेल, पथरकोइला, टेम्पु, एच आर सिट लगायत रहेका छन्।

प्रकाशित: ९ माघ २०७४ १५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App