coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आहा रारा गोल्डकपमा सुदूरपश्चिमको विजय सुरुवात

पोखरा – आयोजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले आहा राराको गोल्डकपको १६ औँ संस्करणको विजयी शुरुवात गरेको छ।

मंगलबार भएको प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका लागि धनबहादुर थापाले खेलको २५ औं मिनेटमा गोल गरे। त्यस्तै खेलको ७८ औँ मिनेटमा सुदूरपश्चिमका मनिराम चौधरीले गोल गर्दै अन्तरलाई दोब्बर बनाए। खेलको थप समयमा सुदूरपश्चिमकै राकेश हमालले गोल गर्दै विजय सुनिश्चित गराए।

खेलमा सुदूरपश्चिमका मनिराम चौधरी उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा आधा दर्जनभन्दा बढी अवसर पाए पनि सहाराका खेलाडीले गोल गर्न सकेनन्। सहाराका प्रशिक्षक किरण श्रेष्ठले धेरै अवसर पाए पनि खेलाडीहरू गोल गर्ने अवसरबाट चुकेको बताए। सुदूरपश्चिम ११ का प्रशिक्षक सुरेश हमालले खेलमा विजयी बन्दा हर्षित बनेको बताउँदै आगामी खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गए।

बुधबार भारतको सिक्किम युनाइटेड र धरान फुटबल क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । सहारा क्लबले सञ्चालन गर्दै आएको एकेडमीको सहयोगार्थ सहारा क्लबले आहा रारा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको छ।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले रु सात लाख र उपविजेताले रु तीन लाख ५१ हजार प्राप्त गर्ने छन्। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।

प्रकाशित: ९ माघ २०७४ १४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App