coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पेस्तोलसहित दुईजना पक्राउ

कैलाली(रासस)- कैलाली प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ।

सोमबार राति उनीहरुलाई गोदावरी नगरपालिका–२ अत्तरियाबाट नलकटुवा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का चेतन कार्की र प्रविन कठायत रहेको उनले जानकारी दिए।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता बुढामगरले जानकारी दिए।
 

 

प्रकाशित: ९ माघ २०७४ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App