‘कान्छी’को ट्रेलर सार्वजनिक

मङ्गलबार, ०९ माघ २०७४, १९ : २१ नागरिक

काठमाडौं – अभिनेत्री श्वेता खड्काको फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आफै निर्माता रहेकी श्वेताले बुधबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरेकी हुन्।

पति श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलोपटक श्वेताले अभिनय तथा निर्माण गरेको यो फिल्ममा गाउँले प्रेमकथा रहेको कुरा ट्रेलरले देखाउँछ। फिल्ममा श्वेतालाई दयाहाङ राईले साथ दिएका छन्।

आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म फागुन ४ गतेबाट प्रदर्शनमा आउनेछ। ‘कान्छी’ मा श्वेता र दयासँगै कलाकारहरु नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले...

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

Ncell Footer Ad