८ वैशाख २०८१ शनिबार
समाज

गौचन हत्यामा ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं – काठमाडौं जिल्ला अदालतले निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्ने आदेश दिएको हो।

प्रहरीद्वारा यसअघि पक्राउ परेका गौचन हत्याकाण्डका प्रमुख योजनाकार समीरमानसिंह बस्नेतसहित हत्यामा संलग्न ९ जनालाई जिल्ला अदालत काठमाडौले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

हत्यामा संलग्नमध्ये मुख्य योजनाकार बस्नेत सहित मुकेश कुमार पाण्डे, प्रकाश बुढाथोकी, बसन्त थेबे, राजिव स्याङताङ, सूर्यबहादुर बाजी, धनराज योङहाङ, सिद्धि महतो, सन्तोष गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो।

पक्राउ परेका मध्ये दुई जना श्याम गुप्ता र राजकुमार धरौटीमा रिहा गर्ने आदेश भएको छ। दुई जनाले जनही ३० हजार रुपियाँ धरौटी तिरेर रिहा भैसकेका छन्।

प्रकाशित: ९ माघ २०७४ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App