७ वैशाख २०८१ शुक्रबार
समाज

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु, ३३ घाइते

महोतरी – बाक्लो हुस्सुले बाटो ठम्याउन नसक्दा महोत्तरीको रामगोपालपुरमा ट्याक्टर पल्टेर ४ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

दुर्घटनामा परि रामगोपालपुर नगरपालिका ७ सहसौलाका ४० वर्षीय सत्येन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल र ४५ वर्षीया सावित्री देवी मण्डल र माल्ती देवी दाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख डिएसपी प्रकाश मल्लले जानकारी दिए। उनका अनुसार सत्येन्द्र र लालबाबुको घटनास्थलमै तथा सावित्री र माल्तीको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो।

सरस्वती पूजाको अवसरमा रामगोपालपुर नगरपालिकामा आयोजित बनभोज खाएर ज.१त. ३५१६ नम्बरको ट्याक्टर सवारी लिएर टिकुलिया फर्किने क्रममा सोमबार राति दुर्घटनाग्रस्त भएको थियो। ट्याक्टर बाक्लो हुस्सुको कारण बाटो देख्न नसक्दा अनियन्त्रित भई रामगोपालपुर ८ स्थित थलही सडक खण्डमा पल्टिएको डीएसपी मल्लले बताए।

दुर्घटनामा परी घाइते भएका ३३ जना मध्ये ८ जनाको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ भने २५ जना सामान्य उपचारपछि घर फर्केका छन्।

दुर्घटना पश्चात ट्याक्टरका चालक फरार भएकोले उनको खोजकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ माघ २०७४ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App