coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले छान्यो चार प्रदेशका राष्ट्रिय सभाका उम्मेदवार (नाम सहित)

काठमाडौं- नेपाली कांग्रेसले ५ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको छ। आज बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश १, २ र ३ बाहेकका प्रदेशका उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। प्रदेश १, २ र ३ को आज साँझसम्म उम्मेदवार टुंगो लगाउने कांग्रेसले जनाएको छ।

को को उम्मेदबार बने ?

प्रदेश नम्बर ४

१. सुरेन्द्रराज पाण्डे, अन्य समुह

२. बृन्दा राना मगर, महिला

३.जीतबहादुर नेपाली, दलित

४. प्रकाश पन्त, अपांग

 प्रदेश नम्बर ५  

१. दुर्गाप्रसाद उपाध्याय, अन्य समूह

२. अनिता देवकोटा, महिला

३. मैकुलाल बाल्मीकि, दलित

४. लुटबहादुर खत्री, अपाङग

 प्रदेश नम्बर ६

१. विष्णुबहादुर शाही, खुला

२. सूर्यदेवी मल्ल, महिला

३. सिताराम विके, दलित

४.गोपालप्रसाद शर्मा , अपांग

प्रदेश नम्बर ७

१. बद्री पाण्डे

२. तारादेवी भट्ट, महिला

३. शेरी राम पार्की, दलित

 ४.छत्रराज जोशी, अपाङ्ग

 

प्रकाशित: ९ माघ २०७४ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App