८ वैशाख २०८१ शनिबार
कला

दावोसमा शाहरुखलाई क्रिस्टल अवार्ड

मुम्बई – बलिउड अभिनेता शाहरुख खान स्वीटजरल्याण्डको दावोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरममा पुरस्कृत भएका छन्। शाहरुखलाई सामाजिक कार्यमा योगदान गरेको भन्दै सोमबार क्रिस्टल अवार्डबाट सम्मान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अवार्ड थाप्दै शाहरुखले आयोजकलाई धन्यवाद दिए। उनले अवार्डले सामाजिक कार्यमा थप सक्रिय बनाउन प्रोत्साहित गरेको पनि बताए।

वर्ल्ड इकोनोमिक फोरमको सम्मेलनमा सामाजिक कार्यमा योगदान पुर्याउने विश्वका ३ कलाकारलाई सम्मान गर्ने गरिन्छ। यसपटक बलिउडका शाहरुखसहित हलिउड अभिनेत्री केट ब्लैंचेट र संगीतकार एल्टन जोनलाई क्रिस्टल अवार्डबाट सम्मान गरियो।

एसियाकै कलाकारिताको प्रतिनिधित्व गर्दै फोरममा अवार्ड जितेका शाहरुखले क्यान्सर पीडित बालबालिकाको उपचार तथा बसोबासको व्यवस्था गर्दै आएका छन्। साथै गैरनाफामुलक संस्था मीर फाउण्डेशनमार्फत एसिड आक्रमणमा परेका महिला तथा युवतीको उपचार, कानूनी सहयोग, व्यवसायिक तालिम, पुनर्स्थापना र रोजगार उपलब्ध गराउँदै आएका छन्।

प्रकाशित: ९ माघ २०७४ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App