coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पद्मावत विवादः सिनेमा हल र कलाकारलाई उच्च सुरक्षा

मुम्बई – सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’को प्रदर्शन मिति (२५ जनवरी) नजिकिँदै गर्दा मुम्बईमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

मुम्बई प्रहरी प्रमुख दत्तात्रेय पैदलगीकरले सञ्चारकर्मीसँग कुरा गर्दै फिल्म ‘पद्मावत’को  प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा बढाइएको जानकारी दिएका छन्। उनले सिनेमा हललाई पूर्ण रुपमा सुरक्षा प्रदान गरिने प्रतिबद्धता समेत जनाए।    

कानून र व्यवस्थाभन्दा माथि कोही नभएको भन्दै प्रहरी प्रमुख पैदलगीकरले पछिल्लो अवस्थामा सिनेमा हल, फिल्म निर्माता र कलाकारलाई सुरक्षा दिनु अहिलेको अनिवार्य अवश्यकता भएको स्पष्ट पारे।

उनका अनुसार फिल्म हल अगाडि सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्माता र कलाकारको सुरक्षा बढाइएको छ।

यसैबीच अभिनेत्री दीपिका पादुकोणले फिल्म प्रदर्शनको पूर्वसन्ध्यामा मंगलबार मुम्बईको एक मन्दिरको दर्शन गरेकी छन्।

प्रकाशित: ९ माघ २०७४ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App