पर्यटक आगमनमा चौँतिस प्रतिशतले वृद्धि

मङ्गलबार, ०९ माघ २०७४, १३ : ०९ नागरिक

मुस्ताङ – हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ। सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ। 

सन् २०१७ मा ५२ हजार ४७५ पर्यटकले मुस्ताङको भ्रमण गरेका कार्यालयका प्रमुख तुलसी दाहालले जानकारी दिए। उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकको संख्या ४ हजार १ सय १५ जना रहेको छ। 

सन् २०१६ मा ३९ हजार १७ तथा सन् २०१५ मा २५ हजार २ सय ७२ जना पर्यटकले जिल्लाको भ्रमण गरेका थिए । शान्ति सुरक्षाको अवस्था राम्रो, राजनीतिक स्थिरता, यातायातको सहज पहुँच तथा प्रचारप्रसारका कारण भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटक वर्षेनी बढ्दै गएको दाहालले बताए। 

भारत, चीन, अमेरिका, बेलायत, फ्रान्स, नेदरल्याण्ड, दक्षिण कोरिया, क्यानडा, न्यूजिल्याण्ड, इजरायललगायत देशका पर्यटक जिल्लाको भ्रमणमा आउने गरेका छन् । अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत पर्ने जिल्लामा प्राकृतिक सुन्दरता, पृथक् भूवनोट, हिमाली जीवन शैली, मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, माटोको शहरका रुपमा परिचित लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, मुक्तिनाथ, थोराङ्ला झञ्ज्याङ, मार्फा, ठिनी, कागबेनीलगायत थुप्रै पर्यटकीयस्थल रहेका छन्। 

मरुभूमि जस्तै भूगोलको पृष्ठभूमिमा देखिने हिमाल, साहसिक पदयात्रा, थकाली, गुरुङ, लोवा (विष्ट) जातिको जीवनशैली, गुम्बा र गुफाहरु यहाँको पर्यटकीय आकर्षण हुन् । पर्यटकको आवागमन बढेसँगै जिल्लाका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन्। 

एक्यापले जिल्ला भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीमा तथ्याङ्क संकलन गर्दै आएको छ । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति रु २०० र अन्य मुलुककाले प्रतिव्यक्ति रु २ हजारका दरले शुल्क तिर्नुपर्छ। 

उपल्लो मुस्ताङको भ्रमणका लागि विदेशी नागरिकले अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । बढीमा १० दिनका लागि प्रतिदिन ५०० डलरका दरले राजश्व बुझाएपछि विभागले भ्रमणका लागि अनुमति दिने गर्छ । मुस्ताङलाई लोन्ली प्लानेटले सन् २०१७ मा विश्वका घुम्नै पर्ने १० स्थानमा सूचीकृत गरेको थियो । म्याग्दी, पोखरा, काठमाडौँ, भैरहवालगायत ठाउँबाट मुस्ताङका लागि यातायात सेवा सञ्चालनमा छ।  (रासस)








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad