coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

काठमाडौँ – राष्ट्रिय सभा उम्मेदवारको यकिन गर्नका लागि नेपाली कांग्रेस शीर्ष नेताको बैठक चलिरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज बिहान ११ बजेदेखि बसिरहेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सबै प्रदेशका राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाउने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार हिजो बसेको बैठकले चार उम्मेदवारहरू बद्री प्रसाद पाण्डे , तारा देवी भट्ट, शेरिराम पार्की र छत्र राज जोशीलाई प्रदेश सातका लागि टुंगो लगाएको थियो । 

निर्वाचन आयोगले आज मतदाताहरूको अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ । नेपाली कांग्रेसले सबै प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको शिक्षाका लागि आफ्ना प्रतिनिधिहरू पठाउने समेत बताएको छ ।  

 

प्रकाशित: ९ माघ २०७४ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App