खिचरा महोत्सव सम्पन्न, पाँच पत्रकार पुरस्कृत

मङ्गलबार, ०९ माघ २०७४, १० : ५१ नागरिक

चितवन- ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित पुस २८ देखि चितवनको खैरहनीमा शुरु भएको पाँचौँ खिचरा माघी महोत्सव सोमबार समापन भएको छ ।

थारु कल्याणकारिणी सभा, चितवनको क्षेत्र नम्बर ७ ले थारु संस्कृतिको संरक्षण र सम्बर्द्भन   गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु सांस्कृतिक घरेलु हस्तकला र कृषि प्रदर्शनीसमेत गरिएको थियो ।

समापनका अवसरमा यहाँका पाँचजना पत्रकार सम्मानित भएका छन् । खिचरा महोत्सव आयोजक समितिले महोत्सवको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार सन्तकुमार चौधरी, राजु चौधरी, ध्रुवराज खनाल, राजेन्द्र आचार्य र अनिल कुँवरलाई नगद रु पाँच हजारसहित सम्मान गरेको हो ।

पत्रकार राजु चौधरीले आफूले पाएको नगद सम्मानलाई थारु आन्दोलनका घाइते सञ्जीत महतो राहत कोषलाई प्रदान गरेका छन्  । महोत्सवमा आकर्षणको रुपमा थारु जातिको मुख्य खानाको परिकारमध्येको घोंगी र चिचरको पाँच फिटको विशाल मूर्ति प्रदर्शनमा राखिएको थियो । महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गरेको महोत्सव मूल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिए ।

जिल्ला समन्वय समिति, चितवनका अध्यक्ष कृष्ण डल्लाकोटीले यस महोत्सवले थारु कला संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख दिए ।

महोत्सवमा आउने दर्शकको टिकटमा रु ३५ हजार बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको थियो भने प्रत्येक रु ५० को टिकटमा रु २५ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको थियो ।

महोत्सवमा चर्चित गायक प्रमोद खरेल, शिव परियार, मिलन अमात्य, कमल खत्री, सञ्जय चौधरी, पशुपति शर्मा, मिलन लामा, मनोज महतो, दुर्गा सापकोटा, सुरेश लामा, राज कुश्मी, अन्जु कुश्मीलगायत कलाकारले जोडदार प्रस्तुति दिएका थिए । रासस
 






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad