७ वैशाख २०८१ शुक्रबार
खेल

न्युजिल्यान्डको सहज विजय

वेलिङ्टन – न्युजिल्यान्डले सोमबार पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा पाकिस्तानमाथि ७ विकेटको सहज जित हात पारेको छ।

पाकिस्तानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो ।
लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको सुरुआत गतिलो हुन सकेन । ३ रन जोड्दा ओपनर मार्टिन गुप्टिल (२) लाई गुमाएको न्युजिल्यान्डले थप ५ रन जोड्दा ग्लेन फिलिप्स (३) लाई गुमाएको थियो । दुवैलाई रुमान रहिसले पवेलियनको बाटो देखाएका थिए । गुप्टिललाई मोहम्मद हाफिजबाट क्याच गराएका रुमानले फिलिप्सलाई बोल्ड गरेका थिए।

न्युजिल्यान्डका ओपनर कोलिन मुनरोले सर्वाधिक अविजित ४९ रन जोडे । ४३ बल खेलेका मुनरोले ३ चौका २ छक्का प्रहार गरे । त्यस्तै टम बु्रसले २६ र रोस टेलरले अविजित २२ रन जोडे । २२ बलको सामना गरेका ब्रुसले ३ चौका र १ छक्का प्रहार गर्दा १ सय ३२ बल खेलेका टेलरले ३ चौका प्रहार गरे।

पाकिस्तानका रुमानले २ र साडब खानले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.४ ओभरमा १ सय ५ रनमा समेटिएको थियो।

बाबर आजमले ४१ र हसन अलीले २३ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । बाबर र हनीले आठांै विकेटका लागि ३० रनको साझेदारी गरेपछि पाकिस्तानको योगफल दोहोरो अंकमा प्रवेश गरेको थियो । ४१ बल खेलेका बाबरले १ चौका र १ छक्का प्रहार गर्दा १२ बल खेलेका हसनले ३ छक्का प्रहार गरे।

पाकिस्तानलाई कम योगफलमा समेट्ने क्रममा न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथी र सेथ रान्सेले समान ३÷३ तथा मिचेल सान्टनरले २ विकेट लिए । यससँगै न्युजिल्यान्डले तीन ट्वान्टी–२० खेलको शृंखलामा १–० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल बिहीबार अक्ल्यान्डमा हुनेछ।

 


 

प्रकाशित: ९ माघ २०७४ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App