८ वैशाख २०८१ शनिबार
खेल

ह्युनसँग स्तब्ध जोकोभिच

मेलबर्न – चोटबाट जुधिरहेका १२ पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकोभिच सोमबार कोरियाका चुङ ह्युनसँग पराजित हुदै अस्ट्रेलियन ओपनको अन्तिम १६ बाट बाहिरिएको दिन साबिक विजेता फेडेरर भने प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
कुइनाको चोटका कारण ६ महिनापछि मैदान फर्किएका सर्बियाका जोकोभिचले रोड लाभर एरेनामा २१ वर्षे ह्युनलाई ७–६(७–४), ७–५, ७–६ (७–३) को नतिजा सुम्पिएपछि मेलबर्न पार्कमा सातौ पटक उपाधि जित्ने उनको लक्ष्य सफल हुन सकेन ।
‘ह्युनलाई बधाई,’जोकोभिचले भने, ‘उनले आज कोर्टमा मभन्दा उत्कृष्ट प्रदर्शन गरे । त्यसैले उनी जितका हकदार छन् ।’
जोकोभिचले चोटले पहिलो सेटको अन्त्यपछि सताउन थालेपनि स्वास्थ टोलीसँगको परामर्शपछि खेललाई निरन्तरता दिएको बताए।

क्वाटरफाइनलमा ह्युनले अमेरिकका टेनेस सान्डग्रेनसँग प्रतिस्पर्धा गर्नेछन् । सान्डग्रेन अस्ट्रेलियाका डोमिनिक थियमलाई ६–२, ४–६, ७–६(७–४),६–७(७–९) ले पराजित गर्दै क्वाटरफाइन प्रवेश गरेका हुन् । विश्व नम्बर ५८ ह्युनले जोकोभिचलाई  आदर्शको रुपमा लिएको बताए । ‘मलाई अझै विश्वास लागेको छैन । मेरो सपना साकार भएको छ,’ उत्साहित ह्युनले भने।

यता विश्व नम्बर २ स्विस खेलाडी फेडेररले कुनै समयका सहयात्री   हंगेरीका मार्टोन फ्युस्कोभिचलाई ६–४, ७–६(७–३) ६–२ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरे।

फेडेरर अस्ट्रेलियन ओपनको क्वाटरफाइनल प्रवेश गरेको यो १४ औं पटक हो । क्वाटरफाइनलमा फेडेररले भेट्रान थोमस बर्डेचको सामना गर्नेछन् । सन् २०१४५ र २०१६ का सेमिफाइनलिस्ट थोमसले इटलीका फाबियो फोगिनीलाई ६–१, ६–४ ६–४ को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको अन्तिम ८ को टिकट काटेका थिए।

‘हामीले धेरै पटकसँगै खेलिसकेका छौ,’ १९ पटकका ग्रान्ड स्लाम विजेता फेडेररले सन् २००४ को एथेन्स ओलम्पिकमा बर्डेचको जोडीको रुपमा प्रतिस्पर्धा गरेको सम्झना गर्दै भने, ‘म उनीसँग खेल्न आतुर छु । उनी पछिल्लो समय उत्कृष्ट लयमा छन् ।’
ढाडको समस्याका कारण लामो समयपछि मैदान फर्किएका बर्डेचले गत वर्ष पाँच पटकका अस्ट्रेलियन ओपन विजेता फेडेररसँग तेस्रो चरणमा पराजित हँुदै प्रतियोगिताबाट बाहिरिएका थिए।

यता महिलातर्फ विश्व नम्बर एक सिमोना हेल्फ विना वरियताकी जापानी खेलाडी नाओमी ओसाकामाथि ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरिन्।

 ओसाकामाथि सहज जित हात पारेपनि कुर्कुच्चाको चोटका कारण उनी पूर्णरुपमा मु्क्त भने भएकी छैनन्।
‘मलाई मेरो कुर्कुच्चामा समस्या छ भन्ने थाहा छ तर म त्यसलाई बिर्सदै थप अघि बढ्ने सोचमा छु,’ अहिलेसम्म प्रतियोगिताको क्वाटरफाइनल भन्दा अघि बढ्न नसकेकी हेल्फले भनिन्।

हेल्फले क्वाटरफाइनलमा छैटौ वरियताकी कारोलिना पिल्सकोभा र २० औं वरियताकी बार्बोरा स्ट्रेकोभाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै जर्मनीकी एनज्लिक्यु केर्बरले ताइबानकी सु–वेइ हेसलाई ६–४, ७–५७,६–२ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकी छिन्।

 

प्रकाशित: ९ माघ २०७४ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App