८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

टोकियोमा बाक्लाे हिमपात

टोकियो – जापानको राजधानी टोकियोको ठूलो क्षेत्रमा सोमबार भारी हिमपात भएको छ । मानव दैनिक जीवनलाई असर पारेको र यातायात सेवालाई प्रभावित पारेको हिमबर्षा मंगलबारसम्म हुनसक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसमसम्बन्धी जापानी निकायका अधिकारीले आग्रह गरेका छन् ।

  जापान जलवायु विभागले टाहोकु र होक्काइडोमा पनि हिउँले पुरै ढाकेको र कान्तो कोशिन तथा तुहोकु क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार विहान ६ बजेसम्म ३० सेन्टिमिटर हिउँ थुप्रिने अनुमान गरिएको जनाएको छ ।

 त्यसैगरी होकुरिकुदेखि चुगुकुसम्मको मध्य तथा पश्चिमी क्षेत्रमा २० सेन्टिमिटर र उत्तरी क्युसु र सिकोकु क्षेत्रमा १५ सेन्टिमिटरसम्म हिउँले ढाक्ने पुर्वानुमान गरिएको छ । मंगलबारसम्म टोकियोका २३ वटा वडामा १० सेन्टिमिटर र अन्य ठाउँमा ३० सेन्टिमिटर बाक्लो हिउँ थुप्रने देखिएको छ ।

 जापानको सार्वजनिक प्रसारण (एनएचके)ले सोमबार बेलुकी टोकियोसँग जोडिएका मुख्य सडकहरुमा यातायात सेवा आंशिक रुपमा अवरुद्ध भएको जनाएको छ । बाक्लो हिमपातका कारण जापानी झन्डाबहाक जापान एयरलाइन्सले २० भन्दाबढी उडान रद्ध गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । सोमबारको उडान रद्ध हुँदा झण्डै पाँच हजार यात्रु प्रभावित भएको अधिकारीले जानकारी दिएका छन् ।
 

प्रकाशित: ९ माघ २०७४ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App