coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वीरको गेटमै 'पोखरी'

काठमाडौं- हिजोआज ससाना बालबालिकालाई पनि जथाभावी फोहर गर्नुहुँदैन भन्ने जानकारी हुन्छ। रोग लागेर अस्पताल जाँदा चिकित्सकले सरसफाइमा ध्यान दिनुहोला भनेको सबैले सुनेका छौं। तर अस्पताल वरपर फोहर र दुर्गन्धित हुँदा भने बिरामीलाई सरसफाइमा ध्यानु दिनु होला भन्ने चिकित्सकहरूकै भने ध्यान गएको छैन।

बिहीबार दिउँसो टन्टलापुर घाम लागिरहँदा राजधानीस्थित वीर अस्पतालको प्रवेशद्वारमै धमिलो दुर्गन्धित फोहर पानीको सानोतिनो पोखरी नै जमेको थियो। अस्पताल आउने विरामीहरु हातले नाक समाउँदै हिडिरहेको थिए भने झिंगाहरु उसैगरी भुनभनाईरहेका थिए। पोखरी भएर गुड्ने सवारीले भने दुगर्न्धलाई फैलाउन मदत्त गरिरहेको देखिन्थ्यो। वीरको गेटमा बनेको यो पोखरी नयाँ होइन। पोखरी बनेको जेठदेखि नै हो। पानी परिरहेको बेलामा ठूलै हुन्छ भने पानी नपरेको बेलामा आकार घट्दै जान्छ। यस्तो दुर्गन्धित पोखरीले बिरामी परेर वीरमा आउनेहरुलाई बढी मर्कामा परेको छ।

'दुर्गन्धित जमेको पानीले लामखुट्टे लाग्न गई रोगको सक्रमण फैलान सक्छ,' वीर अस्पलतका निर्देशक डा. स्वयमप्रकाश पण्डितले भने। पण्डितलाई आधार मान्ने हो भने वीर अस्पलत गेटमा जमेको पानीले रोगको सक्रमण फैलाउँछ। वीरमा उपचारको लागि दैनिक सयौं विरामी आईरहेका हुन्छन्। अस्पलतको गेटमा जमेको दुर्गन्धित पानीले उनीहरुलाई झन सक्रमण फैलिने सोझै अनुमान लगाउन सकिन्छ।

अस्पतलको गेटमै रोगको सक्रमण हुँदा पनि अस्पलत भने देखेको नदेख्यै गरिरहेछ। 'गेटमा जमेको पानीले गर्दा हामी आफैं पनि लज्जास्पद छौं,' वीरका निर्देशक डा.पण्डितले भने, 'हामीले नदेखेका होइनौं सम्बन्धित निकायले भने कानमा तेल हालेर बसेकै हो।' पण्डितका अनुसार अस्पलतले गेटमा पटक पटक सरसफाई गरिरहेको छ। गेटमै सडक संरचनानै गहिरो भएको कारण पानी जम्ने गरेको अस्पतलले बतायो। 'गहिरो भएको कारण पुर्दा त्यहाँको पानी भित्र आउँछ,' पण्डितले भने, 'सडक बनाउँदा नै पानीको निकास हुनेगरी बनाई दिनुपर्ने हो तर त्यसरी नबनाएकाले गेटमा पोखरी जसरी पानी जमिरहेको छ।' उनले सडक विभागलाई दुई महिना अगाडि नै पत्र पठाईसकेको तर सडक विभागले अहिलेसम्म काम नगरेको तथा कुनै प्रतिक्रिया दिएको छैन। सडक संरचनाको कारण वीरको गेटमा वर्षेनी यसरी नै पानी जम्ने गर्दछ। पानी परिरहेको बेलामा राजधानीका सडक जलमग्न हुने भएतापनि वीरमा भने मौसमको समयसँधै पोखरी नै हुने गरेको स्थानीय बताउँछन्।

वीरको गेटमा मात्र होइन् वरपरीको फुटपाथमा पनि उसैगरी हिलाम्मे छ। वीरको महाबौद्ध जाने सडकपटीको गेटदेखि ट्रमा सेन्टर हुँदै न्युरोड जाने गेटसम्मैको फुटपाथ र सडकको छुटिने ठाउँमा दुर्गन्धित हिलाम्मे पानी जमिरहेको छ। काठमाडौं दिगो शहरी यातायात आयोजनाले फुटपाथ र सडक छुटिने ठाउँमा नाली बनाउने भन्दै कालोपत्रे भन्दा एक इन्च अग्लो नाली ढलान गरेकाले पनि पानीको निकास नभएकोले गर्दा पानी जम्ने समस्या बढेको छ।

यता सडक विभागले वीर अस्पतलमा समस्या भएको बारे कुनै पत्र नभएको बताएको छ। 'सडक संरचनाको कारण वीरमा कस्तो समस्या भएको हो कुनै जानकारी आएको छैन,' सडक विभागका महानिर्देशक माधवकुमार कार्कीले भने, 'डिभिजनतिर आएको भए मलाई जानकारी भएन।' सडकले नै गर्नुपर्ने समस्या भएमा चाँडै नै गरिदिने पनि कार्कीले बताए।

प्रकाशित: २८ श्रावण २०७३ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App