coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वडाध्यक्ष र सचिवलाई आवास पुनर्निर्माण तालिम

भूकम्पीय आवास पुनःनिर्माण सम्वन्धी अभिमुखीकरणमा सहभागी रूपाकोट मझुवागढी नगरपालिकाका वडाध्यक्ष, सचिव लगायत । तस्बिर :दमन राई

खोटाङ– भूकम्पीय पुनर्निर्माणका कामलाई सहज र छिटो सञ्चालन गर्न खोटाङका स्थानीय तहका वडाध्यक्ष र वडा सचिवका लागि आवास पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरिएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त आवास पुनर्निर्माणका कामलाई छिटो र सहज बनाउनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भूकम्पीय आवास पुनर्निर्माण आयोजनाले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका वडाध्यक्ष र सचिवका लागि आवश्यक अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरेको हो।

आवास अनुदान वितरण प्रक्रिय, पुनर्निर्माणका नीतिगत अवधारणा, पुनर्निर्माण सम्बन्धी भएका गुनासो सम्बोधन प्रक्रिय, पुनर्निर्माणमा स्थानीय तहको भूमिलगायतका विषयमा जानकारी दिँदै पुनर्निमाणका कामलाई तिव्रता प्रदान गर्न अभिमुखीकरण तथा अन्तक्रिया सुरु गरिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका सामाजिक विकास विशेषज्ञ मौलीधन राईले बताए । आइतबार रूपाकोट मझुवागढी नगरपालिकाबाट सुरु भएको अभिमुखीकरण तथा अन्तक्र्रिया केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका हुँदै माघ २८ गते बराहपोखरी गाउँपालिकामा पुगेर टुंगिने जनाइएको छ । ‘भूकम्पीय पुनर्निर्माणसम्बन्धी देखिएका अन्योल हटाएर आवास निर्माणका कामलाई तिव्रता प्रदान गर्नका लागि तालिम सुरु गरिएको हो,’ सामाजिक बिकास बिशेषज्ञ राईले भने, ‘वडाध्यक्ष र सचिवलाई अनुदान वितरण प्रकृयादेखि स्थानीय तहको भूमीकासम्मका विषयमा जानकारी दिइरहेका छौँ।’

माघ ९ गते केपीलासगढी, १२ गते ऐसेलुखर्क, १४ गते रावाबेँसी गाउँपालिका र १६ गते हलेसी तुवाचुङ नगरपालिकाका वडाध्यक्ष र सचिवका लागि आवास पुर्ननिर्माण तथा पुःर्नस्थापना सम्वन्धी अभिमुखीकरण सञ्चालन गरिने छ । यस्तै, माघ १९ गते साकेला गाउँपालिका, २१ गते दिप्रुङ गाउँपालिका, २३ गते खोटेहाङ गाउँपालिका, २६ गते जन्तेढुंगा गाउँपालिका र २८ गते बराहपोखरी गाउँपालिकामा अभिमुखीकरण तथा अन्तरक्रीया गरिने भूकम्पीय आवास पुनर्निमाण आयोजनाले जनाएको छ।


 

प्रकाशित: ९ माघ २०७४ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App