coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

युवा उद्यमी अग्रवाल रहेनन्

काठमाडौं – युवा उद्यमी मनिष अग्रवालको निधन भएको छ । उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति सभापति अग्रवालको आइतबार निधन भएको हो ।

एचपी अग्रवाल कम्पनिजका निर्देशक अग्रवाललाई ‘ब्लड क्यान्सर’ भएको मृत्युको १० दिनअघि मात्र पत्ता लागेको थियो । पारिवारिक स्रोतका अनुसार एक महिनाअघि भारतको मेदान्त अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गर्दा सबै सामान्य रहेको अस्पतालले बताएको थियो ।

तर, नेपाल फर्र्किएको केही दिनमै स्वास्थ्य समस्या देखिएपछि पुनः मेदान्त गएर १५ दिनदेखि उपचार भइरहेको थियो । ४५ वर्षीय अग्रवालले चिनी, प्लास्टिक, घ्यु–तेल उद्योगदेखि मेडिकल कलेजलगायतमा लगानी गरेका थिए ।
 

प्रकाशित: ९ माघ २०७४ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App