coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अग्नीपीडितलाई राहत

खोटाङ – गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद् संयुक्त अरब इमिरेट्स नामक संस्थाले खोटाङको हलेसीका आगलागीपीडितलाई दुई लाख बराबरको खाद्य सामग्रीका साथै ओढ्ने–ओछ्याउने लुगाकपडा प्रदान गरेको छ ।

पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दास लगायत पीडितलाई राहत स्वरुप ब्ल्यांकेट, चामल, नुन, तेल, चिनी लगायत सामग्री प्रदान गरिएको हो ।

विस्थापित भएपछि नेपाली सेना र शसस्त्र प्रहरीले बनाइदिएको अस्थायी टहरामा बसिरहेका अग्नीपीडितलाई गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद् संयुक्त अरब इमिरेट्सले सोमबार प्रतिपरिवार दुई थान ब्ल्यांकेट, एक थान सिरानी, सय केजी चामल, १० लिटर तेल, १५ केजी दाल, १० केजी नुन र १० केजी चिनी प्रदान गरेको हो । दुई संस्थाले आंशिक क्षति बेहोरेका प्रकाशचन्द्र गिरी, सरणसरी राई, मित्रमान राई र शक्तबहादुर राईलाई पनि राहत प्रदान गरेको मेयर इवन राईले बताए ।

अग्नीपीडितको सहयोगार्थ काठमाडौंमा दिनेश राईको संयोजकत्वमा गठन गरिएको अग्निपीडित राहत संकलन समितिको समन्वयमा गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद् संयुक्त अरब इमिरेट्स नामक संस्थाले अग्नीपीडितलाई हलेसीमै आएर राहत प्रदान गरेको हो । गैरआवासीय नेपाली संघले खाद्यपदार्थ तथा राष्ट्रिय समन्वय परिषद् संयुक्त अरब इमिरेट्सले लत्ताकपडा प्रदान गरेको जनाइएको छ ।

पीडितलाई यसअघि, दैवीप्रकोप उद्धार समिति, हलेसी तुवाचुङ नगरपालिका, रेडक्रस, उद्योग वाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, जनज्योति क्लब र जनकल्याणकारी सेवा समाजले सञ्चालन गरेको ‘घर सल्लाह फेसबुक ग्रुप च्याट’, लोक नेपाल, मारातिका छिमेद ताग्तेन छोलिङ गुम्बा, सुम्नीमा पारुहाङ सांस्कृतिक समुह महादेवस्थान, धर्मशाला बासुमाला बेलबोटे सामुदायिक वन लगायतले राहत प्रदान गरिसकेको छ ।

प्रकाशित: ९ माघ २०७४ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App