स्वरोजगार कोष दुरुपयोग प्रकरण

६ सहकारी सञ्चालक कालोसूचीमा

मङ्गलबार, ०९ माघ २०७४, ०६ : ५३ विष्णु तामाङ  | @tamang87

काठमाडौं – युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले कोषबाट कर्जा लिएर नतिर्ने सहकारी संस्था र तिनका पदाधिकारीमाथि कारबाही अगाडि बढाएको छ ।

युवा स्वरोजगार कार्यक्रमअन्तर्गत विभिन्न सहकारीमार्फत लगानी गरिएको रकम नउठेपछि सचिवालयले कारबाही थालेको हो । सचिवालयले पहिलो चरणमा ६ वटा ठूला सहकारी संस्था र तिनका पदाधिकारीको नाम कालोसूचीमा राखी कारबाही अगाडि बढाउन सहकारी तथा गरिबी निवारण मन्त्रालयसमक्ष सिफारिस गरेको छ । कोष सञ्चालन नियमावली २०६५ को दफा १५ अनुसार कर्जा सूचना केन्द्रमा राखी खराब ऋणीलाई हुने कारबाही अगाडि बढाउन सचिवालयले अनुरोध गरेको छ ।

सिफारिस गरिएका सहकारी संस्थामा केन्द्रीय जडीबुटी सहकारी संघ, मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था (साबिक हिमशिखर बचत तथा ऋण सहकारी संस्था), मधुवन बचत तथा ऋण सहकारी संस्था, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय तरकारी तथा फलफूल सहकारी संघ छन् । ती संस्थाका सञ्चालक समिति, लेखा र कर्जा समितिका पदाधिकारी तथा सदस्यको नामसमेत कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।

‘पटक–पटक किस्ता तथा ब्याज रकम बुझाउन ताकेता गर्दासमेत नआएपछि कालो सूचीमा राखेर कारबाही अगाडि बढाउन लागेका हौं,’ सचिवालयका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले नागरिकसँग भने, ‘कोषबाट कर्जा लिएको रकम दुरुपयोग गरी नतिर्ने सहकारी संस्थाका पदाधिकारीको नाम कालो सूचीमा राखी पासपोर्ट रद्द गर्ने वा नदिने तथा अन्य सरकारी सेवा सुविधा नदिनेलगायत कारबाही बढाउन सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।’ गत कात्तिक २६ मा भएको उपाध्यक्षस्तरीय निर्णय बमोजिम कारबाहीको लागि सिफारिस गरिएको उनले बताए ।

यी संस्थाबाट करिब ३० करोड रुपैयाँभन्दा बढी रकम असुल गर्न बाँकी रहेको सचिवालयले जनाएको छ । गत भदौको तथ्यांकअनुसार मजदुर सहिद स्मृतिबाट करिब पाँच करोड २१ लाख, हाम्रो बहुउद्देश्यीयबाट तीन करोड ९९ लाख, केन्द्रीय जडीबुटीबाट एक करोड ५० लाख, मधुवन बचत तथा ऋण सहकारीबाट ५३ लाख ८३ हजार र केन्द्रीय दुग्ध सहकारीबाट १६ लाख २२ हजार रुपैयाँभन्दा बढी उठ्न बाँकी छ ।
यस्तो छ इतिहास
काठमाडौं तिनकुनेको मजदुर सहिद स्मृति उपभोक्ता सहकारीमार्फत कोषको पैसा लगेर माओवादीनिकट नेता तथा कार्यकर्ताले विभिन्न व्यवसायमा लगानी गरेका थिए । माओवादी नेता राजन तिमल्सिना नेतृत्वको समूहमा बाबुराम गौतम, शालिकराम जमरकट्टेल लगायत छन् । जमरकट्टेल सहितको समूहले ललितपुरको गोदावरीमा बंगुरपालन गरेका थिए । त्यसबाट राम्रो आम्दानी गरे पनि उनीहरुले सहकारीबाट लगेको रकम फिर्ता गरेका छैनन् । 

 उक्त सहकारीले कोषबाट २०६९ सालमा पाँच करोड रुपैयाँ लगेको देखिन्छ । सहकारीले कोषबाट लगेको रकमभन्दा बढी बुझाउन बाँकी देखिएको छ । कोषबाट प्राप्त तथ्यांक अनुसार उक्त सहकारीले पाँच करोड २१ लाख एक हजार ६ सय ३२ रुपैयाँ बुझाउन बाँकी छ ।त्यसैगरी, नेकपा एमाले निकट केबी उप्रेती अध्यक्ष रहेको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाबाट तीन करोड ९९ लाख ९५ हजार चार सय ७४ रुपैयाँ उठ्न बाँकी छ । यो सहकारीले २०६९ सालमा तीन किस्तामा पाँच करोड रुपैयाँ कोषबाट रकम लगेको थियो । अध्यक्ष उप्रेती राष्ट्रिय सहकारी बैंकका प्रबन्धक समेत हुन् ।

चितवनको केन्द्रीय जडीबुटी सहकारी संघले एक करोड ४९ लाख १३ हजार चार सय ६३ रुपैयाँ बुझाउन बाँकी छ । यो सहकारीले कोषसँग पाँच करोड रुपैयाँको सम्झौता गरे पनि २०६९ चैतमा एक करोड ५० लाख रुपैयाँ लगेको थियो । यो रकम भक्तबहादुर शाह अध्यक्ष हुँदा लगिएको थियो । शाह अहिले नयाँ शक्ति पार्टीका नेता हुन् ।  

गुल्मीको मधुवन बचत तथा ऋण सहकारी संस्थाले ५३ लाख ८३ हजार नौ सय ७५ हजार रुपैयाँ बुझाउन बाँकी छ ।  तीन करोड रुपैयाँको सम्झौता गरेको उक्त सहकारीले २०६९ सालमा कोषबाट दुई किस्ता गरेर एक करोड ८० लाख रुपैयाँ लगेको थियो । यो रकम लैजान तत्कालीन माओवादी पार्टीका नेता सागर पुनको हात थियो ।  

नयाँ बानेश्वस्थित केन्द्रीय दुग्ध सहकारी संघले पनि १६ लाख २२ हजार पाँच सय २९ रुपैयाँ बुझाउन बाँकी छ । यो सहकारीले कोषसँग पाँच करोडको सम्झौता गरे पनि ०७० चैत ३० गते एक करोड ५० लाख रुपैयाँ लगेको थियो ।
 

कालोसूचीमा राख्न सिफारिस गरिएकाको नामावली
सहिद मजदुर स्मृति उपभोक्ता सहकारी संस्था लि
गणेशप्रसाद रेग्मी (अध्यक्ष), जनक शर्मा (उपाध्यक्ष), प्रकाश श्रेष्ठ (सचिव), सोमबहादुर तामाङ (कोषाध्यक्ष) तथा सदस्यहरु विष्णु थापा, प्रदिप पुरी र राजाराम ठकुरी ।
हाम्रो बहुउदेश्यीय सहकारी संस्था लि (पुराना सञ्चालक)
शिवप्रसाद कट्टेल (अध्यक्ष), भोलाकुमार कार्की (उपाध्यक्ष), खेमराज खढ्का (सचिव), भवनाथ बन्जारा (कोषाध्यक्ष) तथा सदस्यहरु श्यामसुन्दर गैह्रे, रामनाथ मैनाली र भिमबहादुर ढुंगाना, लेखा सुपरिवेक्षण युवराज पराजुली, मिनबहादुर तामाङ र धनराज गुरुङ, ऋण उपसमितिका संयोजक भवनाथ बन्जारा र रामप्रसाद घिमिरे ।
हाम्रो बहुउदेश्यीय सहकारी संस्था लि (नयाँ सञ्चालक)
केबी उप्रेती (अध्यक्ष), शिवप्रसाद कट्टेल (उपाध्यक्ष), मुकुन्दप्रसाद पाण्डे (कोषाध्यक्ष), सदस्यहरु दिनेश अधिकारी हिमालय विक्रम मल्ल ठकुरी, बद्रि महत, देवराज पराजुली र शोभा सापकोटा, उपमहाप्रबन्धक गोपिनाथ घिमिरे, लेखा विभाग प्रमुख महेश रिमाल, कर्जा विभाग प्रमुख विश्वम्भर रिजाल ।
केन्द्रीय जडीबुटी सहकारी संघ
भक्तबहादुर शाह (अध्यक्ष), दिननाथ भट्टराई (उपाध्यक्ष), रामकुमार पोडेल (महासचिव), अजबहादुर शाही (सचिव), शारदा पौडेल (कोषाध्यक्ष), सदस्यहरु कुलप्रसाद देवकोटा, एकचन्द्र बराल, प्रभुराज पन्त, नवराज उपाध्याय, कृष्णबहादुर बल र लेखा सदस्य नगेन्द्रप्रसाद अधिकारी ।
मधुवन बचत तथा ऋण सहकारी संस्था लि
बेगमबहादुर चन्द बोहोरा (अध्यक्ष), सूर्यबहादुर बुढा (उपाध्यक्ष), ज्ञानबहादुर बुढा (सचिव), सूर्यबहादुर जिसी (कोषाध्यक्ष), सदस्यहरु ढाकरप्रसाद पन्थी, नारायण चन्द, भुबिन्द भण्डारी, हिमन्तबहादुर खत्री र पुष्पाकुमारी केसी ।
केन्द्रीय तरकारी तथा फलफूल सहकारी संघ
विनोद पराजुली (अध्यक्ष), देवीप्रसाद बराल (उपाध्यक्ष), चुडामणी बर्तौला (महासचिव), हरिहर उप्रति (सचिव), मुक्तिनाथ बराल (सचिव), अम्बिका अर्याल (कोषाध्यक्ष), सदस्यहरु केदारप्रसाद सापकोटा, रामप्रसाद पाण्डे, दिलिपकुमार श्रेष्ठ, इन्दिरा फुयाल, राजकुमार भट्टराई, टिकानाथ कँडेल र रामप्रसाद पोखरेल ।
केन्द्रीय दुग्ध सहकारी संघ
नारायणप्रसाद देवकोटा (अध्यक्ष), अमरबहादुर कुँवर (वरिष्ठ उपाध्यक्ष), रामेश्वर पोखरेल (उपाध्यक्ष), रामप्रसाद आचार्य (महासचिव), टिकाबल्लभ सापकोटा (सचिव), कृष्णप्रसाद सापकोटा (कोषाध्यक्ष), सदस्यहरु भगिरथ तिमल्सिना, नारायणप्रसाद बडाल, गंगा विसुराल, सञ्जु भट्ट नेपाली, यदुनाथ गौतम, लेखनाथ पाण्डे, इन्द्रप्रसाद लुँइटेल, नन्दलाल भट्ट, तिलकप्रसाद ढकाल, गणेश बर्तौला, गोपाल श्रेष्ठ र कृष्णभक्त नेपाल ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad