coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी भएपछि एमालेको यस्तो धारणा

काठमाडौं – सरकारले ललितपुर १ बाट निर्वाचित प्रतिनिधीसभा सांसद एवं पूर्वडीआईजी नवराज सिलवालविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गरेपछि नेकपा एमालेले कडा आपत्ति जनाएको छ।

सोमबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले स्थायी कमिटी बैठकले सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै त्यसको भत्र्सना गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

‘समय आएपछि न्यायिक जवाफ दिन तयारी अवस्थामा सिलवाल रहेको बेलामा सरकारले यसलाई अन्तर्राष्ट्रियकरण गर्दै इन्टरपोलमा लाने विषय बनाएर बढाइचढाइ गरेको छ, यसको बैठकले भत्र्सना गरेको छ,’ उनले भने। 

प्रकाशित: ८ माघ २०७४ १६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App