coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो

काठमाडौं – काठमाडौं जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ।

गत वैशाख ३१ गते निर्वाचनमा सहभागी उम्मेदवारको सोमबार निर्वाचन आयोगमा खर्च विवरण बुझाइएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए। उनले एक हजार ३०७ जना उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाएको जानकारी दिए।

उम्मेदवारले निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र क्षेत्रीय कार्यालयमा खर्च विवरण बुझाए पनि आयोगले माग गरेपछि मात्र कार्यालयले सो विवरण बुझाएको हो।

कार्यालयका नायब सुब्बा विनोद थापाका अनुसार काठमाडौँ जिल्लाका ११ वटा स्थानीय तहमा चार हजार ४०६ उम्मेदवार भएकोमा एक हजार ३०७ जनाले मात्र खर्च विवरण बुझाएका छन्। तीमध्ये प्रमुखमा २०३ जना उम्मेदवारमा ६८ जना र उपप्रमुखमा १२४ जनामा ४९ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएको पाइएको छ।

यस्तैगरी एक हजार ६२ वडाअध्यक्षमा ३१९ जना उम्मेदवारले, एक हजार ६५४ वडा सदस्यमा ४७१ जना, ५६५ दलीय महिला सदस्य उम्मेदवारमा १७१ र ७९८ महिला सदस्यमा २२९ जनाले मात्र खर्च विवरण बुझाएको जनाएको छ।

प्रकाशित: ८ माघ २०७४ १५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App