८ वैशाख २०८१ शनिबार
राजनीति

काबुलस्थित होटलमा भएको हमलाको नेपालद्वारा भत्र्सना

काठमाडौं – नेपाल सरकारले अफगानिस्तानको काबुलस्थित होटलमा शनिबार भएको हमलाप्रति भत्र्सना गरेको छ।

उक्त घटनालाई मानवीय क्षति तथा निर्दोष व्यक्ति घाइते हुने गरी गरिएको बर्बर तथा विवेकहीन संज्ञा दिँदै परराष्ट्र मन्त्रालयले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै सो घृणित अपराध कर्मलाई न्यायिक कठघरामा ल्याउनुपर्ने सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार अफगानी सरकार तथा उक्त घटनामा परी ज्यान गुमाएका नागरिकप्रति हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्दछ।’

प्रकाशित: ८ माघ २०७४ १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App