coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोडमा पट्टा भाँचिदा बस दुर्घटना

सुर्खेत- पूर्वी रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सोमबार दिउँसो सल्यानको भाटखोला नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। १३ जना गम्भीर घाइते छन्। श्रीनगरमा ३० जनाको इन्ट्री गरेर दाङतर्फ जाँदै गरेको ना५ख ५३१ नम्वरको बस सल्यानको त्रिवेणी गाउँपालिका–६, भाटखोलामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी भरत विकका अनुसार बाघखोर–१० सल्यानकी छन्चरी विक, मुसिकोट–६ पूर्वी रुकुमकी पुष्पा केसी खड्का र त्रिवेणी–८ पश्चिम रुकुमका खिमबहादुर खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका १३ जनालाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको छ । बाँकीको श्रीनगरको मोडल अस्पताल, कान्तिपुर मेडिकल र सल्यान जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको डिएसपी विकले बताए।

ओरालो मोडमा स्टेयरिङ घुमाउन नपाउँदै पट्टा भाँचिदा बस अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरेका छौं’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ बस दुर्घटना हुँदा चालक र सहचालक पनि घाइते छन्।

 

प्रकाशित: ८ माघ २०७४ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App