coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेनाको हेलिकप्टर दुर्घटनाबाट बच्यो

डोटी- नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाईलटले आकस्मीक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन्। जसले एक हवाई दुर्घटना टरेको छ। डडेल्धुराबाट घाईते प्रहरी जवान बोकेर नेपालगञ्जका लागि उडेको नेपाली सेनाको ०४५ ईक्वीरेल हेलिकप्टर शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेमा अवतरण गरिएको हो।

अकस्मात उड्नासाथ समस्या देखिएपछि चालक दलका पाईलट प्रमूख सेनानी कुशल कुमार गुरुङ र को–पाईलट क्याप्टेन राकेश खड्काले कुशलतापूर्बक आकस्मीक रुपमा हेलिकोप्टर अवतरण गराएका छन्। जुन ‘मेजर ईमरजेन्सी ल्याण्ड’ हो । जसले संभावित दुर्घटना टरेको छ।

आईतबार साँझ दार्चुलामा भीरबाट लडेर घाईते भएका प्रहरी जवान शेर बहादुर महतरालाई उप क्षेत्रीय अस्पताल डडेल्धुराले काठमाडौं रेफर गरेको थियो। त्यसपछि प्रहरीले सेनासंग समन्वय गरेर नेपालगञ्जसम्मका लागि सो हेलिकोप्टरको ब्यबस्था मिलाएको थियो।

त्यसपछि दुईजना पाईलट र घाईते सहित तीन जना प्रहरी बोकेर सो हेलिकप्टरमा डडेल्धुराबाट उडेको केही समयमै समस्या उत्पन्न भएको थियो । जसलाई पाईलटद्वयले कुशलता र साहसका साथ अवतरण गराएर सबैको ज्यान जोगाएको हेलिकप्टरमा सवार प्रहरी हबल्दार अमरराज अधिकारीले बताए । ‘हामी त आत्तीसकेका थियौ,’ उनले भने,‘तर, उहाँहरु(पाईलट) आत्तिनुभएन । सहज ढंगबाट गहुँह्रामा बसालेर दुर्घटनाबाट बचाउनुभयो।’

हेलिकोप्टर भने तत्कालै उडान भर्ने सम्भावना छैन्। समस्या समाधानका लागि ईन्जिनियर आएर जाँचबुझ गरी आवश्यक मर्मत गरेर मात्रै उडान भर्नेछ। उता घाईते प्रहरी जवान महतराको अबस्था भने गम्भीर छ । मुडभाराबाट तत्कालै सडक मार्गबाट लैजाने प्रयास गरिने प्रहरी हबल्दार अधिकारीले बताए।

अवतरणस्थलमा यो समाचार तयार पार्दासम्म डोटीको प्रहरी टोली भने पुगिसकेको थिएन् । ‘तल्कोटबाट दुईघण्टा लाग्ने भएकाले हाम्रो प्रहरी केही ढिला भएको छ,’ जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरीक्षक मधुसुदन लुईटेलले भने,‘घाईते जवानको अबस्था केही गम्भीर भएको खबर छ । यथासक्य चाँडो रेस्क्यू गर्छौ।’

 

प्रकाशित: ८ माघ २०७४ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App