coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

चीनमा रुचाइयो आमिरको पछिल्लो फिल्म

मुम्बई – बलिउडका ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’लाई चीनमा रुचाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले चिनियाँ बक्स अफिसमा दुई दिनमै सय करोडभन्दा बढी कमाउन सफल भएको छ।  

शुक्रबारदेखि चीनमा प्रदर्शन भएको फिल्मले दुई दिनमा ११०.५२ करोड कलेक्शन गर्दै अघिल्लो फिल्म ‘दंगल’को रेकर्ड तोडेको वितरक तरण आर्दशले ट्वीटरमार्फत जानकारी दिएका छन्। शुक्रबार ६.८६ मिलियन डलर कमाएको फिल्मले शनिबार १०.४५ मिलियन डलर कमाएको उनले उल्लेख गरेका छन्। उनका अनुसार चीनमा फिल्म हेर्न दर्शको घुइँचो लागेको छ।

‘सिक्रेट सुपरस्टार’ले भारतमा जम्मा ८३ करोडको कारोबार गरेको थियो। यसअघि चीनमा आमिरको पीके र दंगलले पनि राम्रै व्यापार गरेको थियो।

प्रकाशित: ८ माघ २०७४ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App