८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषध कारोवारी पक्राउ

दमक- झापा प्रहरीले ठूलो परिणामको लागुऔषध कारोबारमा सलग्न एक जना महिलालाई पक्राउ गरेको छ। व्यवसायिक रुपमा लागू औषध कारोबार गर्ने दमक १ की मन्जु धिमाललाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट ३ सय ६६ थान लागु औषध फेला परेको हो। इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले घरबाटै बिक्री बितरण गरिरहेको अवस्थामा सो परिणामको लागू औषध फेला परेको बताए। धिमालको साथबाट कागजले बेरेको अवस्थामा १२ सेटको जम्मा २६ एम्पुल र घर नजिकैको गोठबाट २ वटा ठूलो झोलामा सो संख्यामा फेला पारिएको उनले बताए।

पहिलो पटक यति ठूलो लागू औषध कारोबारमा महिला पक्राउ परेको हो, उनले भने। ३९ बर्षिय धिमालले घरमै कागजमा पोको पारेर इाइजेपाम, फेनरागमन र लुपीसेजि नामका लागू औषधको सेट बनाएर बिक्री गर्ने गरेको प्रहरी समक्ष बयान दिएकी छिन्।

भारतबाट अबैध रुपमा ल्याउने गरिएको पाइएको छ, उनले भने, महिला भएका कारण सहजै लुकाइछिपाई ल्याउन सकिएको देखिएको छ। उनी बिरुद्ध लागु औषध ओसार पसार र बिक्री वितरणको मुद्दा चलेको छ। यस्तै प्रहरीले आर्थिक बर्ष २०७३, ७४ मा २५ वटा लागु औषध मुद्धामा ४० पुरुष र ४ महिलालाई पक्राउ गरेको थियो। ती मध्ये सबै मुद्दा फस्र्यौट भएका छन् । यसैगरि यस बर्ष ८ वटा मुद्दामा ९ पुरुष र १ महिला बिरुद्ध मुद्दा दर्ता गरिएकोमा ६ वटा फैसला भइसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ८ माघ २०७४ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App