८ वैशाख २०८१ शनिबार
समाज

मेट्रोका प्रहरी सहायक निरीक्षक ३ लाख घुससहित पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) रमेश खड्कालाई घुससहित नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत खड्कालाई सोमबार ३ लाख रुपैयाँ घुससहित बालाजु माछापोखरीबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिए ।

उनका अनुसार मेट्रोमा प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत खड्काले पेप्सीकोलास्थित स्किम बचत तथा ऋण सहकारी संस्थाले आफू घाटामा गइसके पश्चात सञ्चालकको तर्फबाट गरिएको ग्यारेन्टी कागज आफैसंग राखी उक्त कागज उपलब्ध गराउन बार्गेनिङ्ग गरि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीपछि अख्तियारले निगरानी बढाई उनलाई रंगेहात समातेको हो।

प्रकाशित: ८ माघ २०७४ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App