८ वैशाख २०८१ शनिबार
प्रवास

बेलायतमा ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय

लण्डन- नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीबी नेपालले ग्लोबल आईएमई बैंकको वेलायतमा सम्पर्क कार्यालयको उद्धघाटन गरेका छन्। नेपालीको उच्चजनघनत्व रहेको अल्डरशटमा स्थापना गरिएको बैंक कार्यालयको आइतबारदेखी औपाचारिक रुपमा उद्धघाटन गरिएको हो।

नोभेम्वर महिनाको दोस्रो साता कार्यालय स्थापना गरिएको थियो। उद्धघाटन कार्यक्रममा बोल्दै गर्भनर नेपालले ग्लोवल आईएमई बैंकले आफ्नो सम्पर्क कार्यालय बेलायतमा स्थापना गरेर विश्वआर्थिक बजारमा नेपालको समेत पहुँच रहेको प्रमाणित गरेको बताए। उनले नेपालको आर्थिक अबस्था सवल हुँर्दै गएको चर्चा गर्दै नेपालमा प्रशस्त अबसर रहेको भन्दै गैरआवासीय नेपालीहरुलाई आफ्नो सीप, अनुभव र क्षमता नेपालको विकाशमा खर्चिन आव्हान गरे।

 उक्त समारोहमा बोल्दै बैंकका अध्यक्ष चन्द्र ढकालले नेपाली बैंक मार्फत विदेशी भूमीमा नेपाली समूदायलाई सेवा दिन पाएको भन्दै प्रशन्नता प्रकट गरे। उनले ग्लोवल आईएमई बैंकको अहिले सम्पर्क कार्यालयको स्थापना गरिए पनि निकट भविष्य बैंकको पूर्णशाखा खोल्ने लक्ष्य रहेको जानकारी दिए। बैंकका सीइओ जनक शर्मा ग्लोवल आईएमई बैंकको प्रगतिको बारेमा चर्चा गरेका थिए। कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल राजनैतिक स्थायीत्वको बाटोमा आगाडि बढेको चर्चा गर्दै ढुक्क भएर नेपालमा लगानी गर्न आव्हान गरे। उद्घाटन समारोहमा स्थानीय काउन्सिलर, मेयर लगायत गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य, एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी, महासचिव राजकुमार त्रिवाठी, ग्रेटर रसमोर नेपलिज कम्यिुनिटीका अध्यक्ष जीव बेल्वासेले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार हेमराज शर्मा, प्रमोटर शेयर होल्डर कमल पौडेल, उत्तम नेपाल लगायतको उपस्थिती थियो।

११ वर्षदेखि निरन्तर सेवा दिदै आएको सो बैंकको कुल चुक्ता पुँजी ८ अर्व ८८ करोड रहेको छ । १ सय १३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ५७ शाखा, १ सय २७ एटिएमबाट सेवा दिदै आएको सो बैंकले बेलायत दोस्रो बैदेशिक सम्पर्क कार्यालय हो । यसअघि सो बैंकले अष्ट्रेलियमा यस्तै सम्पर्क कार्यालयको स्थापना गरी आफ्नो सेवा दिँदै आएको छ। यसअघि सो बैंकले बेलायतबाटै बैंक अफ दी इयर २०१४ र वेष्ट इन्टरनेट बैंक २०१६ को अवार्ड जितेको थियो । करिव ८ लाख ग्राहकले कार्यरत ग्लोबल बैंकमा १४ सय कर्मचारी कार्यरत छन्।

प्रकाशित: ८ माघ २०७४ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App