coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ब्यान्ड बाँध्ने लहर

शुष्मा बराली
जोर्नी दुख्ने र हड्डी सम्बन्धी समस्या देखिएका बिरामीमाझ ब्यान्ड प्रयोग गर्ने लहर छाएको छ । यी बिरामीले सपोर्टका रूपमा ब्यान्ड प्रयोग गरिन्छ । शरीरका विभिन्न भागका लागि फरक फरक ब्यान्ड छन्। 

युनाइटेड मेडिकेयरका प्रबन्ध निर्देशक सन्तोषकुमार सिंह पछिल्लो समय ब्यान्ड प्रयोग बढ्दो रहेको बताउँछन् । उनका अनुसार हड्डी तथा जोर्नीको समस्या भएकाले बडी बेल्ट एन्ड सपोर्ट, सर्भिकल सपोर्ट, फ््रयाक्चर ब्रासेस, फुट एन्ड एङ्कल सपोर्ट, फिंगर स्प्लिन्ट्स, नि ब्रासेस, रिस्ट एन्ड फोरआर्म ब्रासेसलगायत ब्यान्ड सपोर्टकारूपमा प्रयोग गर्दै आएका छन् । 
अस्तव्यस्त जीवनशैलीले हड्डीको समस्या बढिरहेको चिकित्सक बताउँछन् । उनीहरूका अनुसार दुर्घटना कारण पनि हड्डीमा समस्या आउन सक्छ। 

युनाइटेड मेडिकेयरका प्रबन्ध निर्देशक सन्तोषकुमार सिंह पछिल्लो समय ब्यान्ड प्रयोग बढ्दो रहेको बताउँछन्। उनका अनुसार हड्डी तथा जोर्नीको समस्या भएकाले बडी बेल्ट एन्ड सपोर्ट, सर्भिकल सपोर्ट, फ््रयाक्चर ब्रासेस, फुट एन्ड एङ्कल सपोर्ट, फिंगर स्प्लिन्ट्स, नि ब्रासेस, रिस्ट एन्ड फोरआर्म ब्रासेसलगायत ब्यान्ड सपोर्टकारूपमा प्रयोग गर्दै आएका छन्। 

नियमित शारीरिक व्यायाम नगर्ने, धेरै समयसम्म कुर्चीमा बस्ने व्यक्तिका जोर्नी र हड्डीमा समस्या आउन सक्ने चिकित्सक बताउँछन् । यस्ता बिरामीहरू जोर्नी तथा हड्डीलाई आराम दिन ब्यान्डको प्रयोग गर्न थालेका छन्। 

धेरै प्रयोगमा आउने केही ब्यान्डहरू
बडी बेल्ट एण्ड सपोर्ट

‘बडी बेल्ट एन्ड सपोट’ शरीरको सपोटका लागि प्रयोग गरिन्छ । बडी बेल्ट एन्ड सपोर्टले घाँटीको तल्लो भागदेखि कम्मरसम्मको भाग अड्याउन सहयोग गर्छ । बडी बेल्ट एन्ड सपोट विभिन्न प्रकारका रहेको सिंह बताउँछन् । उनका अनुसार कम्मर बेल्ट, रिब बेल्ट, प्रेग्नेन्सी केयर सपोट, टम्मी ट्रिम्मर, चेस्ट बाइन्डर, अल्ट्रा ब्याक सपोर्ट लगायतका बेल्टहरू बजारमा उपलब्ध छन्। 

होमबहादुर बिक ५१ वर्षका भए । निजी संस्थामा कार्यरत उनी कम्मर दुख्न थालेपछि चिकित्सकको सल्लाह अनुसार दुखेको समयमा ब्यान्ड लगाउने गरेका छन् । ‘कहिलेकाहीँ सामान्य खन्दा, निहुरिएर धेरै समय काम गर्दा ढाड दुख्छ,’ उनी भन्छन् । यस्तो समस्यामा ब्यान्डले राहत दिने भएकोले आफूले ब्यान्ड लगाउने गरेको उनी सुनाउँछन् । ‘कम्मर र ढाडको दुखाईले गर्दा ब्याक रेस्ट सपोट बेल्ट प्रयोग गर्छु,’ उनले भने।

सर्भिकल सपोर्ट
सर्भिकल सपोर्ट घाँटीमा प्रयोग गरिन्छ । घाँटी दुखाइको समाधान गर्न सर्भिकल सपोर्ट प्रयोग गर्नु राम्रो हुने सन्तोष बताउँछन् । यससँगै कोलार बोनलेस, कोलार विथ सपोर्ट, कोलार हार्ड, पिलो रेगुलर लगायत पनि घाँटीमा प्रयोग गर्न सकिने उनले बताए। 

फ्याक्चर ब्रासेस
फ्याक्चर ब्रासेस फ्याक्चर भएका ठाउँमा प्रयोग गरिन्छ । यससँगै ह्युमरल फ्याक्चर, इलास्टिक सोल्जर इमोभिलाइजर, युनिभर्सल सोल्जर इमोभिलाइजर, पाउच आर्म ब्यागी, सोल्जर सपोर्ट, कास्ट सुलगायत सोल्जर ब्रासेसको प्रयोग गर्न सकिने उनको भनाइ छ। 

मैतीदेवीकी पूर्णिमा राना मगर (१५) कराँते खेलाडी हुन्। उनी कराँतेकी ब्ल्याक बेल्ट हुन्। पद्मकन्या उच्च माविमा कक्षा ९ मा अध्ययनरत उनी सोही विद्यालयमा कराँते पनि सिकाउँछिन्। 

उनीसँग पनि ब्यान्ड लगाएको अनुभव छ। फस्ट इन्टरनेसनल च्याम्पियनसिपमा सहभागी हुँदा कुम मड्किएपछि सोल्जर सपोर्ट ब्यान्ड लगाएको उनले सुनाइन् । ‘गेम खेल्दाखेल्दै कुम सुन्निएपछि स्वोइलिङ आइल लगाएर सोल्जर सपोर्ट ब्यान्ड लगाएँ,’ उनले घटना सुनाइन्। 

आफूलाई मन पर्ने कालो रङको ‘सोल्जर सपोट ब्यान्ड’ लगाएको उनले बताइन्। गेम खेल्दा खुट्टा मड्कने, हात सुन्निनेलगायत समस्या देखिएको उनको अनुभव छ । ‘गेम खेल्दा सुन्निनु, ठोक्किनु र चोट लाग्नु सामान्य नै हो, तर आफू सावधान हुनुपर्छ,’ उनले भनिन्।

फुट एन्ड एङ्कल सपोर्ट 
खुट्टा र गोलीगाँठोको सपोर्टका लागि विभिन्न फुट एन्ड एङ्कल सपोर्टको प्रयोग गरेको पाइन्छ। 
कराँते खेलाडी आरती राना पनि खुट्टा र गोलीगाँठाको समस्यामा परिरहन्छन् । गोदावरी भ्याली च्याम्पियनसिपमा खुट्टामा समस्या देखिएपछि ब्यान्ड प्रयोग गरेको उनको अनुभव छ । त्यतिबेला ‘फोम लाइट एङ्कल स्टिर–अप’ ब्यान्ड लगाएको उनले बताइन् । खुट्टालाई सपोर्ट र दुखाई कम गर्न ‘लाइट एङ्कल स्टिर–अप’ प्रयोग गरेको उनी बताउँछिन्। ‘एक्कासी खेल्दा खेल्दै लडेर खुट्टामा चोट लागेछ थाहा नै पाइनँ । ब्यान्ड लगाउँदा आराम महसुस हुन्छ,’ उनले भनिन्। 
एङ्कल बाइन्डर इलास्टिक, एङ्कल ब्रास विथ क्रिसक्रस, एङ्कल कम्फर्ट, पिएफ स्लिप सपोर्ट, एङकल र्‍याप लगायत प्रयोगमा आउने सन्तोष बताउँछन्।  

फिङ्गर स्प्लिन्ट्स
हातका औलाहरू सुन्निएको, बागिंएको अवस्थामा ‘फिङ्गर स्प्लिन्टस’ ब्यान्ड प्रयोग गरिन्छ । फिङ्गर कोट, माल्लेट फिङ्गर स्प्लिन्ट, फ्रग स्प्लिन्ट, फिङ्गर स्प्लिन्टको प्रयोग गरिने सन्तोषको भनाइ छ। 

इमाडोलकी ममता आचार्य गुरागाईं व्यापारी हुन् । बिहान बेलुका घरको काम गर्ने उनी दिउँसो पसलमा बस्छिन् । उनले पनि केही दिन उनको हातको बुढी औलामा फिंगर सपोर्ट लगाइन् । घरकै सामान्य काममा व्यस्त हुँदा पानीमा चिप्लिएर लडेपछि उनको कुहिनोमा चोट लागेको उनी बताउँछिन्। 

‘एक सुरले काम गर्दागर्दै चिप्लिएर लडेँ। कुहिनो ठोक्किएर हातको बुढी औला दुख्ने भएर फिंगर स्प्लिन्ट लगाउनुप¥यो,’ उनले भनिन् । हातको औलामा गाढा खरानी रङको फिंगर स्प्लिन्ट लगाइन् । ‘फोहोर नदेखियोस् भनेर गाढा खरानी रङको फिंगर स्प्लिन्ट लगाएकी हुँ,’ उनले भनिन् । औलाको सपोर्टका लागि डाक्टरको सल्लाहअनुसार फिंगर स्प्लिन्ट लगाउनु पर्ने बताएपछि लगाएको उनी बताउँछिन् । ‘फिंगर स्प्लिन्ट लगाएपछि पहिलाको जस्तो दुखेको महसुस भएको छैन,’ उनले भनिन्। 

नि ब्रासेस 
घुँडाको समस्या, घुँडामा लागेको चोटपटकमा नि ब्रासेसको प्रयोग गरिन्छ ।  उमेर ढल्केसँगै आउने समस्या, बाहिरी चोटपटकबाट हुने पीडा लगायतको अवस्थामा नि ब्रासेसको प्रयोग गरेको पाइन्छ । नि क्याप इलास्टिक, नि सपोर्ट कम्फर्ट, नि इमोबिलाइजर लङ, नि इमोबिलाइजर सर्ट, नि हिन्ज ब्रासेस ड्राइटेक्स लगायतका नि ब्रासेसको प्रयोग गरिने सन्तोष बताउँछन्। 

स्वास्थ्यका लागि प्रयोग गरिने सामान पनि रङ, साइज, ब्रान्ड, डिजाइन खोज्नेको ठूलो जमात रहेको युनाइटेड मेडिकेयरका म्यानेजिङ डाइरेक्टर सन्तोष बताउँछन्। ‘हिजोआज मानिसले हरेक कुरा युनिक र नयाँ खोज्छन्, पहिला ब्यान्डको कलर तथा प्रकार धेरै थिएनन्,’ उनले भने।  

ब्यान्डका लागि धेरै रङ र डिजाइन नभए पनि उमेर अनुसारको माग हुने उनको भनाइ छ। ‘उमेर अनुसार रोजाइ फरक हुन्छ । आरामदायी र सजिलो ब्यान्ड खोज्नेको लहर बढ्दो छ,’ उनले भने । विशेष कालो, खैरो, सेतो र रातो रङमा उपलब्ध रहेको उनी बताउँछन् । ‘अरु रङभन्दा कालो रङ नै बढी प्रचलनमा छ,’ उनले भने।

प्रकाशित: ८ माघ २०७४ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App