ट्रम्प कार्यकाल दोस्रो वर्ष प्रवेश, महिलाद्वारा प्रदर्शन

सोमबार, ०८ माघ २०७४, ०८ : ३७ एजेन्सी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल दोस्रो वर्षमा प्रवेश गरेको छ।
ह्वाइट हाउसको जिम्मेवारी सम्हालेदेखि नै विवादै विवादमा तानिएका राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो वर्ष पूरा भएको दिन शनिबार देशैभरका विभिन्न सहरमा महिलाद्वारा व्यापक विरोध प्रदर्शन भएका छन् ।

‘विमन्स मार्च २.०’ नाम दिइएको प्रदर्शनमा लस एन्जेलसदेखि न्युयोर्कसम्मका प्रदर्शनकारीले महिला सशक्तिकरण र आप्रवासन, गर्भपतन, तेस्रो लिङ्गी अधिकारका बारेमा ट्रम्पले लिएको निर्णयलाई निन्दा गरेका थिए । अमेरिकाको विभिन्न सहरबाट ट्रम्प सत्तारोहणको एक वर्ष पुगेको दिन उनीविरुद्ध प्रदर्शन भएका समाचार आएका छन् ।

मोरिसटाउनमा भएको प्रदर्शनमा सम्बोधन गर्दै न्यु जर्सी राज्यकी प्रथम महिलाले भीडलाई आफू कलेज पढ्दा यौन हिंसाको सिकार भएको बताएकी थिइन् ।डेमोक्र्याट सांसद फिल मर्फीकी श्रीमतीसमेत रहेकी टयाम्मी मर्फीले आफू भर्जिनिया विश्वविद्यालयमा विद्यार्थी रहँदा यौनहिंसाको सिकार भएको बताएकी थिइन्।

सन् २०१७ मा वासिङ्टन डिसीमा भएको यस्तै खालको प्रदर्शन र विश्वभर भएका सयौं यस्तै खालका र्यालीले ट्रम्प विचारका विरुद्धमा आवाज उठाएको थियो । गत वर्ष भएको र्यालीमा विश्वभरका लाखौं महिलाले ट्रम्पको महिलाप्रतिको दृष्टिकोणको विपक्षमा प्रदर्शन गरेका थिए ।शनिबार भएको प्रदर्शनका आलोचकहरु भने उक्त प्रदर्शन राष्ट्रपति ट्रम्पविरुद्धको प्रदर्शन भएको आरोप लगाएका छन् ।यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार ट्विट गर्दै एक वर्षको अवधिमा अमेरिकामा भएको आर्थिक सफलतालाई मनाउनका लागि महिलाहरुले प्रदर्शन गर्न राम्रो दिन भएको बताएका थिए ।

‘ऐतिहासिक आर्थिक सफलता र सम्पत्तिको वृद्धि भएको यो पछिल्लो १२ महिनाको अवधिको खुसीयाली मनाउनका लागि बाहिर निस्कनुस्,’ रिपब्लिकन राष्ट्रपति ट्रम्पले ट्विट गरेका छन् । ‘विगत १८ वर्षमा महिला वेरोजगारीका दरमा कमी आएको छ,’ उनले लेखेका छन् ।सन् २०१६ मा सुरु भएको राष्ट्रपतीय अभियानसँगै ट्रम्पलाई पुरुषले भन्दा महिलाले कम रुचाएको सर्वेक्षणहरु बेलावखत जारी हुने गरेका छन् । पिऊ रिसर्च सेन्टर नामक संस्थाले गत मे महिनामा गरेको एउटा सर्वेक्षणमा ४६ प्रतिशत पुरुषले ट्रम्पको गतिविधिलाई मन पराएका थिए भने करिब ३३ प्रतिशत महिलाले मात्रै उनको कामकारबाहीको समर्थन गरेका थिए ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad