८ वैशाख २०८१ शनिबार
खेल

लेभरकुसनको सहज विजय

बुन्डेसलिगा अन्तर्गत शनिबार फ्रेइबर्गविरुद्ध बल अघि बढाउने प्रयासमा लिपजिगका खेलाडी । तस्बिर- एपी

बर्लिन– बायर लेभरकुसन शनिबार होफेनहेइममाथि ४–१ को सहज जित हात पार्दै जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लिएको छ ।४३औं मिनेटमा लियोन बेलीले गरेको गोलमा लेभरकुसनले अग्रता लिएको थियो।
मध्यान्तरपछिको छैटाै मिनेटमा जुलियन बौमार्टलिङ्गरले गोल गर्दै लेभरकुसनको अग्रता दोब्बर पारेका थिए । ७०औं मिनेटमा लुकास अलारियाले गोल गर्दै लेभरकुसनको अग्रता बढाएका थिए ।

खेल सकिन ६ मिनेट बाँकी हुँदा एडम स्जालियाले गोल गर्दै होफेनहेइमलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।तर इन्जुरी समयको तेस्रो मिनेटमा अलारियाले व्यक्तिगत दोस्रो गोल गर्दै लेभरकुसनको सहज जित पक्का गरेका थिए ।

यस जितपछि १९ खेलको समाप्तिमा ३१ अंक जोडेको लेभरकुसन दोस्रो स्थानमा उक्लिएको हो । यता फ्रेइबर्गलाई २–१ को नतिजा सुम्पिएको आरबी लिपजिग तेस्रो स्थानमा झरेको छ ।

६५औं मिनेटमा टिमो वार्नरले गरेको गोलमा लिपजिगले अग्रता लिएको थियो । तर खेल सकिन १८ मिनेट बाँकी हुँदा यानिक हार्बरले गोल गर्दै फ्रेइबर्गलाई खेलमा फर्र्काएका थिए  । त्यसको ४ मिनेटपछि रोबिन कोचले गोल गर्दै फ्रेइबर्गका लागि तीन अंक पक्का गरेका थिए ।यस  जितपछि  २३ अंक जोडेको फ्रेइबर्ग १२औं स्थानमा छ ।बुन्डेसलिगाअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा बोरुसिया मोन्चेनग्लाडबाचले औसबर्गलाई २–०, मेइन्जले स्टुटगार्टलाई ३–२, इन्ट्राक्ट फ्य्राङ्फर्टले उल्फसबर्ग र कोलोनले ह्याम्बर्गलाई २–० ले पराजित गरे।

 

 

 

प्रकाशित: ८ माघ २०७४ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App