ओली–मोदी टेलिफोन संवाद

भारतमा स्वागत गर्न आतुर छु : मोदी

सोमबार, ०८ माघ २०७४, ०६ : ५५ नागरिक

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्न निम्तो दिएका छन् ।भारतीय प्रधानमन्त्री मोदीले आइतबार एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका हुन् ।

एमाले र माओवादी केन्द्रका पार्टी एकता संयोजन समितिको बैठक भइरहेको समयमा अपराह्न साढे चार बजे भारतीय प्रधानमन्त्रीले फोन गरेका थिए । दुवै नेताहरुबीच दस मिनेट संवाद भएको थियो ।
‘प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताउनुभएको छ ।’टेलिफोन संवादमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीलाई पहिलो नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए ।

‘अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ,’ अधिकारीले भने । उनले प्रधानमन्त्रीका रुपमा ओलीसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले यसअघि सुशील कोइराला नेतृत्वको सरकार भएको समयमा दुवै तीर्थ स्थलको भ्रमण गर्ने चाहेका थिए । तर  अन्तिम समयमा आएर स्थगित भएको थियो । यसअघि पुसमा मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेका थिए । देउवालाई चुनाव सम्पन्न गर्न सफल भएको र ओली तथा दाहाललाई जितका लागि बधाई दिएका थिए ।

मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि ओली र मोदीबीच दोस्रो पटक टेलिफोन संवाद भएको हो ।चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले करिब दुई तिहाइ स्थानमा जित हासिल गरेको छ ।नेकपा एमालेका नेता राजन भट्टराईले उच्च नेतृत्वबीचको निरन्तर रुपमा हुने संवादले दुवै देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने बताए । ‘उच्चस्तरको नेतृत्वबीच सम्पर्क र संवादले सम्बन्ध सुधारका लागि सकारात्मक प्रभाव पार्नेछ,’ भट्टराईले भने, ‘दिल्लीसँग राम्रो सम्बन्ध हुनुपर्छ । हाम्रो धारणा भनेको आन्तरिक विषयमा कुनै प्रकारका हस्तक्षेप हुनु हुँदैन भन्ने हो ।’

पछिल्लो समयमा भारतीय सञ्चारमाध्यमहरुमा दक्षिण एसियाली क्षेत्रमा चिनियाँ प्रभाव विस्तार हुँदै गएको भन्दै नेपालसहित छिमेकी देशहरुसँग सम्बन्ध सुधार गर्न मोदी सरकारलाई सुझावसहितका सामग्री प्रकाशित हुँदै आएको छ ।२०७२ मा नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले ओली प्रधानमन्त्री रहेका बेला नेपालमाथि पाँच महिना नाकाबन्दी लगाएको थियो ।








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad