coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियाको विषयमा रुस र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

मस्को – सिरियामा स्थायित्व र शान्ति स्थापनाको विषयमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनबीच शनिबार टेलिफोन वार्ता भएको समाचार छ।

उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले पछिल्लो समयमा पुनः आक्रमण थालेको अर्को एक समाचारमा जनाइएको छ। सो फोनवार्तामा यस विषयमा पनि कुराकानी भएको थियो।

सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ। टर्कीले उक्त सहरमा गएराति विभिन्न ११ वटा युद्धक विमानबाट हवाई आक्रमण गरेको छ। सो आक्रमण किन र केका लागि भएको हो भन्ने बारेमा उसले केही बताएको छैन।

सिरियामा जारी रहेको करिब पाँचवर्ष लामो युद्धको अन्त्यका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा उहाँहरुले छलफल गर्नुभएको रुसी विदेश मन्त्रालयका अधिकारीले जनाएका छन्।

सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि चार लाख नागरिकको ज्यान गएको छ। सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन्।

सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको हो। तर वार्ता सफल हुन सकेको छैन। अमेरिका र रुसको अगुवाई यसअघि भएका विभिन्न वार्ताहरु सफल हुन सकेका छैनन्।

वर्ष दिनमात्र अघि पनि पछिल्लो पटकको वार्ता साउदी अरेबियाले आयोजना गरेको थियो। साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता थियो। तर त्यसले पनि सिरियामा कुनै निकास निकाल्न सकेन।

यहाँको समस्याको समाधानका लागि शान्तिवार्ताको माध्यम अवलम्बन गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र साउदी अरेबिया तथा रुस स्वयंले पनि जोड दिने गरेका छन्।

सन् २०१७ को जनवरीमा पनि मध्यस्थकर्ता समूह गठनगरी वार्ताको व्यवस्था मिलाउने प्रयास गरिएको बताइएको थियो। उक्त प्रयास पनि सफल हुन सकेको छैन। सो समूहले गरेका वार्ताका प्रयासहरु सफल हुन सकेका छैनन्।

सिरियाली समस्या समाधानका लागि विभिन्न क्षेत्रबाट पहलहरु भएका बताउँदै आएको भए पनि ती सार्थक हुन सकिरहेका छैनन्।

त्यसैले उहाँहरुको उक्त फोनवार्तामा पनि आगामी दिनमा सिरियाको विषयमा के कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भएको बताइएको छ।

प्रकाशित: ७ माघ २०७४ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App