रानीपोखरीको पुनःनिर्माण प्रतिवेदन पेश गर्न आदेश

आइतबार, ०७ माघ २०७४, २१ : ३८ नागरिक

114


काठमाडौं – सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भए नभएको प्रतिवेदन पेश गर्न गराउन सरकारका नाममा मंगलबार आदेश दिएको हो।

आदेशमा ऐतिहासिक र पुरातात्विक महत्वको रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्र्माण भइरहेको प्रतिवेदन अर्को आदेश नआएसम्म प्रत्येक महिना लिखित जवाफसहित पेश गर्न भनिएको छ। आदेशमा भनिएको छ, ‘रानीपोखरी पुनःनिर्माणको कार्यमा पुरातत्व विभागको गत पुस ५ गतेको पत्रअनुसार सो पोखरी सार्वजनिक महत्वको भएको हुँदा आधुनिक सामग्री नभई परम्परागत शैलीमा निर्माण गर्न लागेको हुँदा अन्तरिम आदेश जारी गर्न परेन।’

रानीपोखरीको निर्माण गर्दा परम्परागत नभई आधुनिक सामग्रीको प्रयोग गरेर मौलिकता नष्ट गर्न लागेको हुँदा रोक्नका लागि आदेशको माग गर्दै अधिवक्ता दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

सोही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले सो आदेश जारी गरेको हो। महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका बारेमा गठन गरेको विज्ञ समितिले आइतबार नै मल्लकालीन शैलीमै रानीपोखरी निर्माण गर्न सुझावसमेत दिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

नेपथ्य फेरि लण्डनमा

नेपथ्य फेरि लण्डनमा

नेपथ्यले तेस्रोपटक बेलायतमा प्रस्तुती दिने भएको छ। पाँच वर्षअघि विम्बले एरेना, तीन वर्षअघि लण्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुती दिएको...

‘रोजी’ बाट हट्यो इकार

‘रोजी’ बाट हट्यो इकार

चलचित्र विकास बोर्डमा ‘रोजी’ नाम राखेर दर्ता गरिएको फिल्म ‘रोजी’ अब हलमा ‘रोज’ बनेर आउने भएको छ। आगामी भदौ २२...

नारी गजललाई ‘वान्स मोर’

नारी गजललाई ‘वान्स मोर’

केही गुमाउनु छैन मात्र पाउनु छ यो मन फेरि बच्चा जस्तै बनाउनु छ आफू जलेर अरुलाई खुशी दिनुपर्छ टुकि बालेर...

किन अवार्ड लिँदैनन् आमिर?

किन अवार्ड लिँदैनन् आमिर?

बलिउडमा अभिनेता आमिर खान ‘मिस्टर परफेक्सनिस्ट’का रुपमा परिचित छन् । उनका हरेक फिल्मले करोडौं कमाउँछन् र वग्रेल्ती हुने अवार्डमा अवार्ड...