coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नरैनापुरमा पहिलोपटक बैंकिङ सेवा सञ्चालन

नेपालगन्ज – सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित बाँकेको नरैनापुर गाउँपालिकामा बैंकिङ सेवा सञ्चालनमा आएको छ। नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरमा आइतबारबाट सनराइज बैंकले आफ्नो कारोबार सुरु गरेको हो।

हरेक स्थानीय तहमा बैंकले आफ्नो सेवा विस्तार गर्नुपर्ने सरकारको नीति अनुरुप नरैनापुरमा पनि बैंक स्थापना गरिएको हो। भारतीय सिमासँग जोडिएको नरैनापुरमा नेपाली बैंक नहुँदा त्यहाँका नागरिकले यसअघि भारतीय बैंकबाट कारोबार गर्दै आएका थिए।

 नरैनापुरमा आइतबार एक कार्यक्रमका बीच सनराइज बैंकको नरैनापुर शाखा उद्घाटन गरियो। नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साह र नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख गुरुप्रसाद पौडेलले संयुक्त रुपमा बैंकको शाखा उद्घाटन गरेका हुन्।
 
सो अवसरमा बोल्दै बोल्दै गाउँपालिका अध्यक्ष साहले गाउँघरमै बैंक आएपछि सर्वसाधारणलाई आर्थिक कारोबार गर्न अब धेरै सजिलो हुने विश्वास व्यक्त गरे। उनले बैंकमा खाता खोलेर सुविधा लिन पनि गाउँपालिकाबासीलाई आह्वान गरेका छन्।

विदेशबाट आफन्तले कमाएर पठाएको पैसा अब गाउँमै आउने भन्दै बजार धाउनुपर्ने बाध्यता टरेको बताए। राष्ट्र बैंकका निर्देशक पौडेलले बैंक स्थापनासंगै विकासको बाटो खुलेको बताउँदै भारतीय रुपैयाँको कारोबार बन्द गरी अब नेपाली रुपैयाँलाई प्राथमिकता दिन आग्रह गरे। यसअघि त्यहाँका अधिकांश नागरिकले नेपालीभन्दा भारतीय रुपैयाँको कारोबार गर्दै आएका थिए।

सनराइज बैंक नेपालगन्ज शाखाका प्रबन्धक दिपक खनालले बैंकले अब नियमित रुपमा आफ्नो कारोबार सञ्चालन गर्ने प्रतिवद्धता जनाए। ‘नरैनापुरमै आएर हामील बैंकिङ सेवा दिइसकेपछि यहाँका आम नागरिकलाई अब धेरै राहत मिल्नेछ,’ उनले भने। जिल्लाका कुल ८ वटा स्थानीय तह मध्ये नरैनापुर क्षेत्र सदरमुकाम नेपालगन्जदेखी सबैभन्दा टाढा मानिन्छ। आफ्नै ठाउँमा बैंकले कारोबार सञ्चालन गरेपछि नरैनापुरका स्थानीय बासिन्दा निकै हर्षित भएका छन्।

प्रकाशित: ७ माघ २०७४ १५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App