coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पासाङल्हामु राजमार्गकाे अवराेध खुल्याे

रसुवा– पहिराेका कारण तीन दिन अगाडिदेखि अवरुद्ध धुन्चे–स्याफ्रु–रसुवागढी खण्डको पासाङल्हामु राजमार्ग आज अपराह्नदेखि खुला भएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख दर्शन गिरीका अनुसार नेपाली सेना नारायणदल गण र मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदल समेतको संयुक्त प्रयासबाट विस्फोटक पदार्थको सहायताले सडकमा रहेका ढुङ्गा विस्फोट गराई सवारी साधन आवतजावत गराइएको हो ।

सडक खुला भएपछि सडकमा अलपत्र परेका सयौँ कन्टेनर तथा ट्रक अहिले साँझ नै रसुवागढीतर्फ प्रस्थान गरिसकेको छ । सशस्त्र प्रहरी प्रमुख गिरीले नेपाल–चीनको एक मात्र व्यापारी नाका सञ्चालन गराउन आफू अहोरात्र तल्लीन रहेको बताए।

नेपाली सेनाले जैविक विविधता संरक्षणलाई ध्यानमा राखी हल्का तवरले विस्फोटक पदार्थ प्रयोग गरी दुई दिनको प्रयासबाट सडक खुला गरेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए। रासस

 

प्रकाशित: २७ श्रावण २०७३ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App