coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एकता संयोजन समिति बैठक: सुशासन र विकासबारे योजना बनाउन समिति

काठमाडौं- नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिले सुशासन र विकासबारे योजना बनाउन एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा समिति बनाएको छ। समितिमा एमालेबाट भिम रावल, विजय पौडेल, युवराज खतिवडा सदस्य रहेका छन् भने माओवादीबाट वर्षमान पुन, गिरिराजमणी पोखरेल र मिनबहादुर श्रेष्ठ सदस्य छन्।

यस्तै राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटलाई अनुमोदन गरेको छ। कार्यदलले ४३ सिटमा बाँडफाँट गरेको थियो। जसमा मध्ये २९ एमाले र १४ माओवादीले लिने सहमति भएको थियो।

बैठकले अध्यक्षद्वयबीच जारी छलफललाई निष्कर्षमा पुर्‍याएर वैचारिक र सांगठानिक कार्यदल बनाउने निर्णय गरेको छ।

प्रकाशित: ७ माघ २०७४ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App