८ वैशाख २०८१ शनिबार
समाज

सशस्त्रका ५ डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौं – सशस्त्र प्रहरी बलका ५ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन्।

आइतबार गृह मन्त्रालयको बढुवा समिति सचिवालयले सशस्त्रका ५ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले नागरिक न्यूजलाई जानकारी दिए।

उनका अनुसार निराकारम विक्रम शाह, राजेश श्रेष्ठ, जानकारीराज भट्टराई, खडानन्द चौधरी र सुबोधकुमार अधिकारी एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्।

मन्त्रिपरिषदको निर्णयपछि उनीहरु एआईजीमा बढुवा हुनेछन्।

प्रकाशित: ७ माघ २०७४ १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App